अन्नपुर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि क्षमता अभिवृद्धि तालीम

विकल्प न्यूज/बेनी म्याग्दी ४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधिहरुका लागि आईतबारदेखि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । ठूलो बगरस्थित मितेरी आमा समूहको सभाहलमा तिन दिनसम्म सञ्चालन हुने तालीमको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । योजना निर्माण, कार्यान्वयन, प्रशासन सञ्चालन, न्याय प्रणाली लगायत स्थानीय तहका अधिकारहरुसंग सम्बन्धित विषयमा रामबहादुर रावतले सहजिकरण गर्नुहुने […]

आमा समूहद्धारा स्वास्थ्य चौकीलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ ठूलोबगरमा रहेको आमा समूहले भुरुङ तातोपानी स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । भुरुङ तातोपानी स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा विद्युतको बैकल्पीक व्यवस्थाका लागि उपकरण खरिदका लागि आमा समूहले पन्ध्र हजार रुपैयाँ सहयोग गरेका हुन् । लोडसेडीङ हुँदा मोवाईलको लाईट र मैनबत्ती बालेर सुत्केरी गराउनुपर्ने समस्या […]

माइतीका दुई पाठापाठीले विष्णुलाई बनायो लखपति

सन्तोष गौतम /विकल्प न्यूज विकल्प न्यूज/बेनी फागुन २९ गते । दुईचार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका ६ कुटमुनीकी बिष्णु खड्का दंङ्ग पर्नुभएको छ । दशक अघि माइतीबाट दुई वटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तिन लाख सम्म आम्दानी गर्नुहुन्छ […]

करबाकेलीमा सामुदायिक होटल

विकल्प न्यूज/बेनी करबाकेली,फागुन २७ गते । करबाकेलीमा खोलीएको सामुदायिक होटल । ठाकुरप्रसाद आचार्य/नवविकल्प  अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले प्रशिद्ध धार्मिक स्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई खान र वस्नको सुविधा दिनका लागि सामुदायिक होटल खोलेका हुन । करबाकेली बाबा संरक्षण समितिको व्यवस्थापनमा सुबिधासम्पन्न होटल सञ्चालन […]

पुन मगर समुदायको संस्कृति र सम्पदा संरक्षणमा जोड

सन्तोष गौतम/विकल्प न्यूज काफलडाँडा २५ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालिका, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका सहसचिव भरतमणी […]

पाउद्धारमा सिस्नो पाउडर उद्योग

विकल्प न्यूज/बेनी फागुन २४ गते । फाइल तस्विर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रसोधन गरेर पाउडर उत्पादन गरी आम्दानी गर्न थालेका हुन् । जंगलमा खेर गैरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी […]

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]

खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका खिवाङबासीको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो । गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको […]

अन्नपूर्ण गाउँपालिकामा ट्याक्टरले किचेर बालकको ज्यान गयो

सन्तोष गौतम/विकल्प न्यूज फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार साँझ गुडीरहेको ट्याक्टरमा झुण्डीन खोज्दा […]

घारखोला जलविद्युत आयोजना शिलन्यास नहुँदै विवादमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर आयोजनाका प्रमुख […]

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]

अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासमा बजेट थप ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज ठूलोबगर २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासको क्षेत्रमा बजेट थप गरेको छ । ठुलोबगरमा सोमबार भएको गाउँसभा बैठकले यसअघि बिनियोजित बजेट संसोधन गर्दै कृषि र पशु विकासका लागि बजेट थप गर्ने निर्णय गरेको हो । गत असारमा भएको पहिलो गाउँसभाले कृषि र पशु विकासका लागि पन्ध्रपन्ध्र लाख रुपैया […]

घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ माघ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैयाँ जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि हालसम्म एक […]

घोस्टेखोरको परिक्षण उत्पादन सफल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका […]

‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम

विकल्प न्यूज/बेनी माघ १० गते । हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम […]