खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ फागुन । 28276427_1991622971100489_8857942823983585792_nम्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका खिवाङबासीको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो ।

गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको ईकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधि वितरणको सुबिधा उपलब्ध छ । वडा कार्यालयले एक जना अहेव र औषधिको व्यवस्था गरेको छ ।

ईकाई स्थापना भएपछि खिवाङका ९२ घरधुरीका ६५० जनसंख्या लाभान्वित भएका छन् । यसअघि खिवाङका बासिन्दा घार र शिखमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । सामुदायीक भवनमा ईकाई सञ्चालन गरिएको हो । ईकाईको सोमबार उद्घाटन गर्नुहुदै वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले सहज र सर्वशुलव स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण मिलाउन प्राथमिकता दिएको बताउनुभयो ।

वडा सदस्य रविन्द्र गर्बुजाको अध्यक्षता, जसबहादुर तिलीजाको सञ्चालन र गाउँपालीकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा घार स्वास्थ्य चौकीकी प्रमुख प्रतिमा गुरुङ र स्थानीय सुनबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी खिवाङमा सोमबार भएको स्थानीयबासीको भेलाले मनबहादुर गर्बुजाको अध्यक्षतामा १३ सदस्यीय टोल विकास समिति गठन गरेको छ । सो अवसरमा गाउँमा बजेट बिनियोजन भएको योजना कार्यान्वयनको अवस्थाको विषयमा स्थानीयबासीहरुसंग छलफल गरिएको वडा अध्यक्ष बरुवालले जानकारी दिनुभयो ।