अन्नपूर्ण गाउँपालिकामा ट्याक्टरले किचेर बालकको ज्यान गयो

सन्तोष गौतम/विकल्प न्यूज
फागुन १४ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आईतबार साँझ गुडीरहेको ट्याक्टरमा झुण्डीन खोज्दा पछाडीको टायरले किचेर घटनास्थलमै मृत्यु भएका बालकको शव परिक्षणका लागि सोमबार बिहान बेनी अस्पतालमा ल्याएको छ ।

प्रहरीले चालक बागलुङको तमानखोला गाउँपालीको खुंगाका ३४ वर्षिय भक्तबहादुर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । पोष्ट मार्टम गरेपछि आफन्तलाई शवको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक बालक मामाको घरमा बस्दै आएका थिए ।