म्याग्दी समाचार
पुलाचौरको जनकल्याणमा नेपाली सेनाको जुनियर डिभिजन तालिम सुरु
प्रताप बानियाँ /बेनी साउन ३ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी सशांकराज अर्यालले नेपालमा धेरै पहिलेदेखि […]
साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा आज(सोमबार) विहानै देखि भक्तजनको भीड लागेको छ । गलेश्वर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । साउनको पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु […]
स्वास्थ्य कार्यालय म्याग्दीको बार्षिक प्रगति सार्वजनिक
विकल्प न्यूज\बेनी असार ३१ गते । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९\८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो । कार्यालय प्रमुख एकनारायण लम्सालले चालू आर्थिक बर्षमा विपन्न दलित, लोपोन्मुख समुदायका ३९५ जना सुत्केरीलाई ‘सुत्केरी पोषिलो खर्च’ वापत रु नौ […]
पाण्डबखानीमा सञ्चालित निशुल्क आँखा शिविरमा दुईसय भन्दा बढी लाभान्वित
सुरेश छन्त्याल \बागलुङ असार ३१ गते । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क आँखा शिविरमा दुईसय भन्दा बढीले सेवा लिएका छन् । दुईदिन सम्म संचालन भएको शिविरमा दुईसय ५ जनाको आँखा परिक्षण र २६ जनाको मोतियाविन्दुको अप्रेशन गरिएको थियो । दुईदिन सम्म संचालित शिविरको समापन गर्नुहुँदै संविधानसभा सदस्य निरज पुनले अनकुल […]
तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन
विकल्प न्यूज\बेनी असार ३१ गते । तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सहसचिवमा गणेशबहादुर बानियाँ चयन हुनुभएको हो । यसैगरी कुण्ड व्यवस्थापनको कार्यसमिति […]
अन्नपूर्णलाई सातलाख बराबरका विपद् खोज उद्दार सामाग्री सहयोग
विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्दार सामाग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालार्य रु ७ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले गाउँपालिका अध्यक्ष […]
बेनी खबराका सौरभ परियारको झोलामा एककिलो २० ग्राम लागूऔषध
विकल्प न्यूज/बेनी असार २८ गते । बेनी नगरपालिका २ खबराका एक युवाको झोलामा एककिलो २० ग्राम लागूऔषध गाँजा भेटिएको छ । लागूऔषध गाजा झोलामा बोकेर हिडेको अवस्थामा बेनी नगरपालिका २ खबराका २२ वर्षीय युवा सौरभ परियारलाई प्रहरीले असार २७ गते पक्राउ गरी कारवाही अगाडि बढाएको जनाएको छ । परियारलाई असार २८ गते म्याग्दी जिल्ला अदालतबाट […]
फोहोर व्यवस्थापनमा ध्यान दिन बाबियाचौरवासीको माग
विकल्प न्यूज/बेनी असार २८ गते । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९\०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ। बिहिबार बावियाचौरस्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्थित नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि र पशुपालन क्षेत्रमा […]
म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
विकल्प न्यूज/बेनी असार २८ गते । म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चिताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको हो । १५ महिनासम्म र १६ महिनादेखि पाँच […]
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन
विकल्प न्यूज/बेनी असार २८ गते । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताउँछन् । […]
पहिरोले बगायो लुलाङ स्थित दरखोला दोस्रो लघु जलविद्युतको विद्युत गृह
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले बगाएको छ । बुधवार राती परेको वर्षाका कारण पहिरो जाँदा ४२ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरु पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत आपूर्ती पूर्णरुपमा बन्द भएको छ । मरेनी स्थित विद्युत […]
कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
विकल्प न्युज/ बेनी असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालु आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र […]
बरंजामा महिलाको नेतृत्वमा सिँचाई योजना निर्माण
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २५ गते । म्याग्दीको मंगला गाउँपालिकाको ३ नम्बर वडा वरंजामा महिलाले नेतृत्व गरेको सिँचाई योजना दुई महिनामै सम्पन्न भएको छ । झ्याप्प्रे खोला तत्लो भेटीने सिँचाई योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो । चालु आर्थिक वर्षमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत विनियोजन भएको […]
घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा
विकल्प न्यूज/बेनी असार २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि […]
धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न
विकल्प न्युज/ बेनी असार २२ गते । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल […]