सुरेश छन्त्याल \बागलुङ
असार ३१ गते ।
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क आँखा शिविरमा दुईसय भन्दा बढीले सेवा लिएका छन् । दुईदिन सम्म संचालन भएको शिविरमा दुईसय ५ जनाको आँखा परिक्षण र २६ जनाको मोतियाविन्दुको अप्रेशन गरिएको थियो ।
दुईदिन सम्म संचालित शिविरको समापन गर्नुहुँदै संविधानसभा सदस्य निरज पुनले अनकुल मौसमको संगै पालिका मध्येकै दुर्गम बस्तीमा आएर आँखाका विरामीहरुलाई सेवा प्रदान गर्नुभएकोमा धन्यबाद दिनुभयो ।
महिला जागरण केन्द्र पाण्डबखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता संविधानसभा सदस्य निरज पुनको प्रमुख आथितियतामा महिला जागरण केन्द्र पाण्डबखानीको आयोजना हिमालय आँखा हस्पिटल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङ, गलकोट आँखा उपचार केन्द्र बागलुङ र आइ केयर फ्रान्डेसन प्राविधिक सहयोग पाण्डबखानी स्वास्थ चौकीको व्यवस्थापन र वडा नम्बर १० को वडा कार्यालयको आर्थिक सहयोगमा भएको शिविर संचालन भएको थियो ।
दुई दिने निशुल्क आँखा सल्यक्रिया कार्यमा संक्रिय भैइ सेवा प्रदान गर्नु हुने सम्पूर्ण संघसंस्था र डाक्टरहरु, पत्रकारलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो।