ताजा समाचार:
Search

म्याग्दी समाचार

अदिभारामा निर्माण हुन लागेको सडक पुल प्रदेश प्रमुख शेरचनद्धारा शिलान्यास

बेनी २७ मङसिर ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले […]

सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती

विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनी नगरपालिका ३ भकिम्लीमा  बारीमा लगाएको कोदो काटदै कृषक । तस्विर ठाकुरप्रसाद आचार्य   म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो […]

बालमन्दिर माविमा ३ लाखको अक्षय कोष स्थापना

 विकल्प न्यूज/बेनी मंसिर २७ गते ।  म्याग्दीको बेनी नगरपालिका-८स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले […]

अन्तरमावि हाजिरी जवाफ प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम

विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आफ्नो २० औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको तेस्रो जिल्ला स्तरीय अन्तर मावि रनिङ हाजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय मावि प्रथम भएको छ । त्यस्तै प्रगियोगितामा लिटल गार्डेन एकेडेमी द्धितीय र पोलत्स्य मावि तृतीय भएको लिटल गार्डेनका प्रिन्सिपल दिपक सुवेदीले जानकारी दिनुभयो । […]

प्रभु महालक्ष्मी इन्स्योरेन्सद्वारा मृत्युदावी रकम भुक्तानी

प्रताप बानियाँ/म्याग्दी । मंसिर २७ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी कार्यालय म्याग्दीबाट मृत्युदावी रकम भुक्तानी भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमका बीमित स्वर्गीय लालबहादुर विकको परिवारलाई बीमावापत मृत्युदावी रकम भुक्तानी गरिएको हो । स्व. विश्वकर्माले डेढ वर्षअघि पाँचलाख रुपैयाँको ‘लोकप्रिय धन फिर्ता’ बीमा योजनाअन्तर्गत साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा […]

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

म्याग्दी, २७ मंसिर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा […]

भूमि आयोग म्याग्दीः तलब भत्तामा ३८ लाख खर्च उपलब्धी शून्य

नवविकल्प/बेनी मंसिर २७ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरुले सरकारी तलब भत्ता बुझ्ने तर काम भने नगर्ने पाइएको छ । भूमि आयोगमा नियुक्त भएदेखि उनीहरुले मासिक रुपमा ठूलो रकम बुझ्दै आएका छन् । समितिमा अध्यक्ष लगायत तिनजना सदस्यहरु नियुक्त भएको करिब दुईवर्ष हुनलागेको छ । यो अवधिमा समितिको उपलब्धी शून्य जस्तै छ […]

बालाचतुर्दशीमा गलेश्वरमा करिब चालिसहजार भक्तजन

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर २६ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालचतुर्दशी पर्वका अवसरमा करिब चालिस हजार भक्तजनले पूजा आजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्रविकास कोषले हिजो सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सवै भन्दा धेरै भक्तजनहरु आएको जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘बालाचतुर्दशी पर्वका अवसरमा देशभरबाट शिवालय मन्दिरको पूजा […]

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, २५ मंसिर ः  बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । नगरपालिकाले वि.स. […]

बालाचतुर्दशीमा गलेश्वर शिवालयमा शतबीज छर्न भक्तजनको भीड

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा सोमबार विहानै देखि शसबीज छर्न भक्तजनहरुको भीड लागेकोछ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । रातभर जाग्राम बसी भजन, नाचगान गरी बालचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ । फाइल तस्विर  

गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी

मङ्सिर २४ गते।   म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।  मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर […]

न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २४ गते । म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र […]

जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा चयन

विकल्प न्यूज\बेनी मंसिर २४ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा चयन हुनुभएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिवमा रामचन्द्र पौडेल, कोषाध्यक्षमा प्रविन पौडेल, सदस्यहरुमा […]

माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि जेसीज कपको फाइनलमा

विकल्प न्यूज\बेनी मंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा […]

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

२३ मङ्सिर, तिल्केनीचौर (म्याग्दी) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै उनले आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा […]