म्याग्दी समाचार
जन्मदिनको अवसरमा शान्ति कोषलाई १० हजार सहयोग
विकल्प न्यूज/बेनी भदौं ६ गते । बेनीका व्यवसायी बमवहादुर केसीले आफ्नो ४० औं जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा केसीले १० हजार रुपियाँ सहयोग गर्नुभएको हो । […]
बेनीको लामा भान्छा घरद्धारा शान्ति कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी भदौं ६ गते । बेनीका होटल व्यवसायी राजन लामाले आफ्नो व्यवसाय तेस्रो वर्ष प्रवेशको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ८ कोटभण्डार चोकमा रहेको लामा रेष्टुरेण्ट एण्ड भान्छा घरले जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति […]
शान्तिकाेषद्वारा आर्थिक सहयाेग
विकल्प । बेनी भदौ ५ गते। म्याग्दी जिल्लामा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सोमबार आर्थिक सहयोग गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटकी मुटुसम्बन्धी रोगबाट ग्रसित १२ वर्षीया सम्झना दर्जीको उपचारका लागि नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नारच्याङका विशाल बुदुजामार्फत सम्झनाकी आमा सुनमाया दर्जीलाई […]
स्थानीय तहमा आयोजना हस्तान्तरण गर्ने निर्णय

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ भदौ । म्याग्दीका विषयगत सरकारी कार्यालयद्धारा सञ्चालित विभिन्न विकास आयोजनाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको छ । क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको उपस्थितीमा सोमबार बेनीमा बसेको कार्यालय प्रमुखहरुको बैठकले गाउँपालीका र नगरपालीकाबाट सञ्चालन हुने आयोजनाहरु स्थानीय तहमै हस्तान्तरण गर्ने निर्णय गरेको हो । यसैगरी चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास […]
खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो

विकल्प न्यूज/बेनी म्याग्दीको मंगला गाउँपालिका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको छ । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाबाट कोत्रवाङ र तोराखेतका ३९ घरधुरी लाभान्वित […]
“सात महिना भित्र घलेम्दीबाट विद्युत उत्पादन गर्दछौं ” ः अध्यक्ष सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज नारच्याङ ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आईतबार बाँध र आउटलेटतर्फबाट खनिएको सुरुङ जोडिएको हो । आउटलेट (फोरवे)तर्फबाट एक हजार र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाईड्रो लिमिटेडका […]
नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान

राकेश शर्मा /बेनी म्याग्दी, ३ भदौ । नेपाल बिद्यार्थी संघ म्याग्दीले खेलाडीलाई सनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । राजधानी राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा खेल (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याप्पियन भन्न सफल भएका म्याग्दीका राज आचार्य र बङ्गलादेशको ढाकामा सम्पन्न भएको तेकवान्दो प्रतियोगितामा नेपालबाट सहभागी […]
असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीहरुसंगै […]
अपडेट ः पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

अपडेट ः सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले […]
मुनालाई साक्षर वडा घोषणा
विकल्प न्यूज/बेनी भदौं ३ गते । धौलागिरी गाउँपालीका ३ मुनालाई साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ । धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, हेम मावि शिवाङका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, […]
बेनी अस्पताललाई एम्बुलेन्स प्राप्त

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ भदौ । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई एम्बुलेन्स प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा सुरु गरेको हो । पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख राजनितिक सल्लाहकार प्रताप पौडेलले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको थियो । नयाँ एम्बुलेन्सबाट अस्पतालले रिफर गर्ने बिरामीलाई अन्यत्र लैजाने सहज हुने अपेक्षा […]
पारदर्शीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड
सन्तोष गौतम /विकल्प न्यूज बेनी २ भदौ । दसौ राष्ट्रिय सूचना दिवसको अवसरमा शुक्रबार बेनीमा सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना दिवस मूल समारोह समिति, म्याग्दीले आयोजना गरेको कार्यक्रममा सूचनाको हकको कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखा परेका समस्या र समाधानका उपायका विषयमा छलफल भएको छ ।कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुको […]
ऐन नियम नहुँदा म्याग्दीका जनप्रतिनिधि अलमलमा

विकल्प न्यूज/बेनी भदौ १ गते । म्याग्दीका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दुई महिना भएपनि ऐन, नियम र कानुनको अभावमा उनिहरुलाई काम गर्न अप्ठ्यारो परेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको निर्देशनको भारमा काम गर्नुपर्दा अप्ठ्यारो र अलमल भएको जनप्रतिनिधिको गुनासो छ । ऐन र क्षेत्रधिकारको बारेमा स्पष्ट व्यवस्था नहुँदा सार्वजनिक […]
गलेश्वरमा बसपार्क निर्माण

विकल्प न्यूज/बेनी भदौं १ गते । गलेश्वरमा बसपार्क निर्माण भएको छ । धार्मीक तथा पर्यटकीय स्थल गलेश्वरमा सडक पुगेको करिब पन्ध्रवर्षपछि बसपार्क बनेको हो । गलेश्वर बजार प्रवेशद्धार नजिकैको देवी मन्दीर परिसरको सार्वजनिक जग्गालाई सम्माएर बसपार्क बनाइएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको २७ लाख ९४ हजार ८९५ रुपियाँ अनुदान सहयोगमा […]
बेनीमा रिखार कप भलिबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १ भदौ । म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिता सुरु भएको छ । बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले खेलकुदको माध्यमबाट सद्भाव्, अनुशासन र सहकार्यको सन्देश […]