बेनी अस्पताललाई एम्बुलेन्स प्राप्त

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ भदौ ।
म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई एम्बुलेन्स प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा सुरु गरेको हो ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख राजनितिक सल्लाहकार प्रताप पौडेलले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको थियो । नयाँ एम्बुलेन्सबाट अस्पतालले रिफर गर्ने बिरामीलाई अन्यत्र लैजाने सहज हुने अपेक्षा गरिएको छ ।ambolenceअस्पतालको पुरानो एम्बुलेन्स बिग्रीएर सेवा दिन सकेको छैन् । मोना बेलायतले उपलब्ध गराएको तिन वटा मध्य एक वटा एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन् । रेडक्रसको भुरुङ तातोपानी उपशाखाको एम्बुलेन्स मात्र अहिले सञ्चालनमा छ ।

बेनी शाखाको एम्बुलेन्स बिग्रीएर बन्द भएको छ भने दरवाङ शाखाको एम्बुलेन्स चालक अभावमा प्रयोगमा आउन सकेको छैन् । एम्बुलेन्स हस्तान्तरण गर्दै पौडेलले स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको बर्गीकरण गरि एउटै सञ्जाल मार्फत सञ्चालनका लागि निर्देशीका तयार पारेको बताउनुभयो ।

बेनी अस्पतालका निमित्त प्रमुख डाक्टर अम्बालिका शाक्यको अध्यक्षता, नायव सुब्बा लिलानाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने प्र्रतिवद्धता जनाउनुभयो ।