नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान

राकेश शर्मा /बेनी
म्याग्दी, ३ भदौ ।
नेपाल बिद्यार्थी संघ म्याग्दीले खेलाडीलाई सनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
राजधानी राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा खेल (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याप्पियन भन्न सफल भएका म्याग्दीका राज आचार्य र बङ्गलादेशको ढाकामा सम्पन्न भएको तेकवान्दो प्रतियोगितामा नेपालबाट सहभागी भई स्वर्ण पदक बिजेता म्याग्दीका चन्द्र बुढा, गौरव घर्तिमगर, प्रज्वल शेरचन र मार्सल गर्बुजालाई सम्मान गरेको हो । 20938674_757188071156698_1273431944_n नेपाली काग्रेसका सभापति खमबहादुर (खम्बीर) गर्बुजाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गर्बुजाले म्याग्दीका खेलाडीले नेपालमा मात्रै होइन विदेशमा समेत म्याग्दीलाई चिनाउन सफल भएको भन्दै खेलाडीलाई धन्यवाद दिनुभएको थियो । 20937710_757187941156711_1512186119_nनेपाली काग्रेसका पुर्व सभापति नेत्र महत, सचिव क्या मिनबहादुर कार्की, सदस्य माधव रेग्मी, केबी भण्डारी, महाधिवेशन प्रतिनिधि तथा नेबि संघका पूर्व सभापति भरतबहादर रकाल, लोकतान्त्रिक खेलकुद संघ म्याग्दीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु) र खेलाडीको तर्फबाट बुढाले मन्तव्य राखेका थिए । नेबि संघका सदस्य बिशाल खत्रिले स्वागत गरको कार्यक्रमको सभापति नेबि संघ म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रिले गर्नुभएको थियो भने सञ्चालन म्याग्दी बहुमुखी क्यापसका नेबि संघका सचिव हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।