जन्मदिनको अवसरमा शान्ति कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी
भदौं ६ गते ।
बेनीका व्यवसायी बमवहादुर केसीले आफ्नो ४० औं जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ ।

21082099_1653483731342523_1705152410_oजटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा केसीले १० हजार रुपियाँ सहयोग गर्नुभएको हो । बेनीको कालिपुल वसपार्क स्थित शुभकामना अटो मोवाइल्सका प्रोपाइटर समेत रहनुभएका केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
कोषमा हालसम्म पाँच सय जना भन्दा वढीले आजिवन सदस्यता लिएका छन भने १८ जनाले दुई लाख सहयोग गरेर संरक्षक भएका छन् । करिब ४० जना मुटु, मृगौला, रत्तक्यान्सर, आँखा लगायत रोगबाट थलिएका विपन्नलाई सहयोग जुटाएको कोषलाई तिन लाख भन्दा बढी सहयोग गरेर मोना कतार र बहराईन संस्थागत सदस्य बनेका छन् ।

विभिन्न प्रकृतीका बिरामीहरुलाई पचहत्तर लाख भन्दा बढी सहयोग जुटाएको कोषको डेढ करोडको अक्षयकोष स्थापनाका लागि हालसम्म पचास लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएको छ ।