शान्तिकाेषद्वारा आर्थिक सहयाेग

received_10155056559571859विकल्प । बेनी

भदौ ५ गते।
म्याग्दी जिल्लामा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सोमबार आर्थिक सहयोग गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटकी मुटुसम्बन्धी रोगबाट ग्रसित १२ वर्षीया सम्झना दर्जीको उपचारका लागि नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । bikalpa news
शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नारच्याङका विशाल बुदुजामार्फत सम्झनाकी आमा सुनमाया दर्जीलाई उक्त रकम हस्तान्तरण गरेका थिए । मुटुमा प्वाल परेर समस्या देखिएपछि पीडित दर्जीको काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार शुरु गरिएको छ ।
सोही कार्यक्रमको अवसरमा मोना युएई दुबईमार्फत मुखमा भएको हड्डीको रोगबाट ग्रसित भई उपचाररत अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका युवा विशाल बुदुजाको उपचारका लागि आएको नगद ६६ हजार आठसय रुपैयाँ शान्ति कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गरिएको थियो ।
उक्त रकम शान्ति कोषमार्फत बुदुजाको उपचारमा पठाइने बताइएको छ । यसैबीच बुदुजाकै उपचारका लागि भन्दै दुबईको आबुधावीबाट देवीलाल गर्बुजामार्फत ७६ हजार रुपैयाँ प्राप्त भएको शान्ति कोषले जनाएको छ ।