म्याग्दी समाचार

बेनीको मंगलाघाटमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ माघ । बेनी नगरपालिका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका र मंगलाघाटको […]

बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय

विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]

कृषि क्षेत्रको विकासका लागि बजेटको कमि हुँदैन ः प्रमुख श्रेष्ठ

विकल्प न्यूज/बेनी माघ १४ गते । व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि आगमी दिनमा बजेटको कुनै कमि नहुँने बताउनुभएको हो । प्रमुख श्रेष्ठले साधनस्रोतले पुगे सम्म किसानहरुलाई प्रोत्साहन मिल्ने नीति कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले कुनै कन्झुसाई नगर्ने उहाँको […]

म्याग्दी क्याम्पसबाट आयो खुसीको खबर

विकल्प न्यूज/बेनी माघ १४ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको पठनपाठनको अनुमति पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन फारामको लागि आह्वान गरेको […]

बेनीमा विश्व कुष्ठरोग दिवस मनाइयो

विकल्प न्यूज/बेनी माघ १४ गते । ६५ औ विश्व कुष्ठरोग दिवस बेनीमा आईतबार पत्रकार र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन […]

रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायिक भवन बनाएका हुन् […]

होराइजन कप फुटबलमा बुद्ध एकेडेमी प्रथम

धु्रबसागर शर्मा /विकल्प न्यूज माघ १३ गते । पर्वतको जलजला गाउँपालिका ३ बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी […]

स्थानीय तहमा औषधि खरिदमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ माघ । म्याग्दीका स्वास्थ्य संस्थाबाट निशूल्क वितरण गरिने औषधि र उपचारमा प्रयोग हुने सामाग्रीको अभाव हुन थालेको छ । स्थानीय तहले औषधि र सामाग्री खरिदमा ढिलाई तथा अलमल गर्दा सर्वसाधारण आधारभुत औषधि उपचारको सेवा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा […]

भारतीय दुतावासद्धारा म्याग्दीलाई दुई वटा एम्बुलेन्स उपहार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ माघ । फाइल तस्विर काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो ।  भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापति लेखबहादुर हमाललाई दुतावासमा […]

पौलत्स्य माविमा बादबिवाद प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी माघ १२ गते । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा शुक्रबार आधुनिक सञ्चार, बरदानकी अभिसाप बिषयक बादबिवाद प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल र शिर्जनशिल बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय माविकी दीक्षा जिसी प्रथम, जामुनाखर्क माविमा सुरज शर्मा द्धितिय, पौलत्स्य माविका ग्रिष्मा किसान तृतिय र जनकल्याण […]

२६ वर्षपछि आउला त बलेवा विमानस्थलमा जहाज ?

१२ माघ, पोखरा । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओलिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि […]

प्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते

अमृत सुवेदी/पोखरा माघ ११ गते । प्रदेश ४ को प्रदेशसभा पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई वैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । ‘सबै प्रदेश सांसदलाई खबर हुने गरी सूचना प्रकाशित गरी वैठक आहृवान गर्न प्रमुख सचिवलाई निर्देशन भइसकेको छ,’ उनले  […]

होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला माघ ११ गते ।जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा गठित स्पोट्स क्लबको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा पाँच जना खेलाडी […]

अभिभावकको निगरानीमा रहेका विद्यार्थी अब्बल

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए । सरकारले उपलब्ध गराएका पाठ्यक्रममा मात्रै निर्भर रहेका […]

प्रदेशसभा ४ को वैठक आहृवानमा अलमल

माघ ११ गते । अबको १२ दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्छ भने अर्को १० दिनमा मुख्यमन्त्री चयन गरेर सरकार बनाइसक्नुपर्छ । तर, प्रदेशसभा सदस्यले सपथ लिँदा चहलपहल देखिएको नगर विकास प्रशिक्षण केन्द्रस्थित प्रदेशसभा सुनसान छ । सरकारले बुधबार अवेर प्रदेशमा प्रमुख सचिवहरु तोकेको छ तर, प्रदेशसभा सचिव, क्याबिनेट सचिव तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालयमा […]