होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला
माघ ११ गते ।Horijan (1)जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विद्यालयमा गठित स्पोट्स क्लबको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा पाँच जना खेलाडी हुने प्रतियोगिताको बिजेता र उपबिजेतालाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद पन्ध्र हजार र आठ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबका अध्यक्ष निर्मल केसीको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक नारायण पौडेलको सञ्चालन, प्रिन्सिपल रत्न थापाको स्वागत मन्तब्यमा भएको कार्यक्रममा जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

पहिलो दिनको खेलमा प्रकाश माविले बेनी सामुदायिकलाई १ का विरुद्ध २ गोलले, वुद्ध एकेडेमीले म्याग्दी एकेडेमीलाई शून्यका विरुद्ध एक गोलले, गलेश्वर आदर्शलाई माउन्टले १ का विरुद्ध ४ गोलले, बेनी आवासिय माविको बिलाई प्रकाश माविको बिले शून्यका विरुद्ध चार गोलले र बेनी आवासीय मावि ए ले धौलागिरी माविलाई १ का विरुद्ध आठ गोलले पराजित गरेका छन् ।