होराइजन कप फुटबलमा बुद्ध एकेडेमी प्रथम

धु्रबसागर शर्मा /विकल्प न्यूज
माघ १३ गते । 26992074_1634855986560474_7767823986713847671_nपर्वतको जलजला गाउँपालिका ३ बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ ।

शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा बराबर २ गोल गरेपछि ट्राइबेकरमा बुद्ध एकेडेमीले २ का विरुद्ध ३ गोल गर्दै उपाधीचुम्न सफल भएको हो ।

शुक्रबार भएको सेमिफाइनलमा बेनी आवासीयले माउण्ट एभेरेष्ट आवासीय माविलाई र बुद्ध एकेडेमीले आयोजक होराइजनलाई पराजित गदैं फाइनलको यात्रा तय गरेका थिए । Horijan (1)निकै प्रतिस्पर्धात्क खेलमा बेनी आमाविले माउण्टलाई ३–४ ले पन्छाएको थियो । उपाधीको दावेदार मानिएको आयोजक भने फराकिलो अन्तर १–४ ले पराजित गरेको थियो । शुक्रबार भएको पहिलो खेलमा होराइजन ’ए‘ ले लोकदीप आवासीय मावि, दोस्रो खेलमा होराईजन बि लाई माउण्ट एभेरेष्ट, तेस्रो खेलमा बुद्ध एकेडेमीले प्रकाश मावि, चौंथो खेलमा बेनी आमाविले प्रकाश मावि ‘ए’ र पाँचौ खेलमा बालमन्दिर आधारभुत विद्यालयलाई होराईजनले पराजित गरेको थियो ।

प्रतियोगितामा म्याग्दी र पर्वतका गरी १४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम भएको बुद्ध एकेडेमीले रनिङशिल्ड र नगद १५ हजार,प्रमाणपात्र र मेडल प्राप्त गरको छ ।