म्याग्दी समाचार
भुरुङ्ग तातोपानीका बाढी पीडितलाई राहत वितरण

सन्तोष गौतम/ विकल्प न्युज म्याग्दी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको टोलीले घटनास्थलमै पुगेर आकस्मीक राहत रकम वितरण गरेको हो । घर पूर्ण क्षति पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक क्षति […]
वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी बेनी १ जेठ ।रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ७ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो । वडा अध्यक्ष कटुवालले […]
तातोपानीका बाढी पीडितलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितिको सोमबार साँझ बेनीमा बसेको बैठकले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आईतबारको बाढीले घर पूर्ण क्षति पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक क्षति पुगेका […]
बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र

सन्तोष गौतम/विकल्प न्यूज ताकम ३१ बैशाख । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनी देखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय बागलुङ एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजना […]
भुरुङ तातोपानीको वाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी आउँदा पु¥याएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । प्रदेश सभासद विनोद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुवेदी,काँग्रेसका अजय मिलन श्रेष्ठ माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल र नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेख […]
बेनीमा पर्यटन सूचना केन्द्र सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ बैशाख ।म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्र स्थापना भएको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्रको स्थापना गरेको हो । बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा […]
भुरुङ तातोपानीमा बाढीले दुई घर पु¥यो, सात घरमा क्षति

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढीले नौ वटा घरमा क्षति पु¥याएको छ । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र सात वटा घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजार र लट्टे गिरीको घरमा पूर्ण […]
बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज डाँडाखेत ३० बैशाख ।एक वर्षअघिको आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ । दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेलले आईतबार […]
म्याग्दी भ्रमण वर्षको शुभारम्भ (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । आज बैशाख ३० गते देखि म्याग्दी भ्रमण वर्ष २०७५को औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो । […]
मन्त्री अधिकारीद्धारा बेनीमा पर्यटन सूचना केन्द्रको उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख ३० गते । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले बेनीको कालिपुलमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नुभएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ गर्न बेनी आउनुभएका मन्त्री अधिकारीले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्रको उद्घाटन गर्नुभएको हो सूचना केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री […]
पर्यटन मार्फत आर्थिक समृद्धि ः मन्त्री अधिकारी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३० गते । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा पर्यटनको राम्रो संभावना भएकाले सरकारले प्राथमिकताका साथ भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । सरकारले आगमी सन २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने […]
आज देखि म्याग्दी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीमा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्षको आज नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । बजारमा निकालिएको ¥यालीका फोटोहरु हेर्नुहोस
सामुदायिक प्रहरीमा नयाँ कार्यसमिति

प्रताप बानियाँ/ विकल्प म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल र कोषाध्यक्षमा गंगामाया पुन […]
बेनी सामुदायिकमा नव अागन्तुक विद्यार्थीलाई स्वागत

कर्ण खत्री/ विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत र चालु शैक्षिक सत्रका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेमा नर्सरीतर्फ […]
जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरी सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा […]