म्याग्दी समाचार
गलेश्वरमा कालिगण्डकी स्नान गर्न जाने पैदल मार्ग निर्माण

ठाकुरप्रसाद आचार्य /बेनी चैत १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर देखि कालिगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण गरिएको छ । पैदल मार्ग निर्माण भएपछि गलेश्वर दर्शन गर्न आएका भक्तजनहरुलाई कालिगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत गलेश्वर […]
यस्तो छ नेकपा एमालेको बेनी नगर हाक्ने टिम (नामावली सहित)

विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निरविरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी पदाधिकारी र अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]
नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो […]
भ्रष्टाचारजन्य गतिविधि त्याग्न तिमिल्सिनाको आग्रह

विकल्प न्यूज/बेनी फागुन ३० गते । राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका बिरुद्ध हुने भ्रष्टाचार जन्य गतिविधि नगर्न सबै राजनैतिक दलहरु कटिबद्ध हुनु पर्ने बताउनुभएको छ । नेकपा एमाले बेनी नगर कमिटीको दोश्रो अधिवेशनमा बोल्दै तिमिल्सिनाले पञ्चायत कालमा जस्तो दलमाथिको प्रतिबन्ध र अप्ठेरो तबरले राजनीति गर्न पर्ने अवस्था नरहेकोले राजनैतिक दलहरुले भ्रष्टाचार नगर्ने र जनपक्षिय […]
एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा चयन

विकल्प न्यूज/बेनी फागुन ३० गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि पुर्जा चयन हुनुभएको हो । कमिटिको उपाध्यक्षमा सुरेश पुर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवमा उज्वल बहादुर पुन र दममाया तिलिजाका साथै २९ सदस्य गाउँपालिका कमिटी चयन […]
दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

विकल्प न्यूज/बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन […]
अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन

विकल्प न्यूज/बेनी फागुन २९ गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको दोस्रो अधिबेशन गाउँपालिका केन्द्र पोखरेबगरमा सुरु भएको छ । अधिबेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभयो । अधिबेशन उद्घाटन गर्नुहुँदै नेता नेपालीले कांग्रेस–माओवादीको गठबन्धनले मुलुकको हित नगरेका कारण टुटेको बताउनुभएको छ । मुलुकको विकास र समृद्धिका लागि अहिलेको नयाँ […]
गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई वडाको सम्मान

विकल्प न्यूज/जलजला फागुन २९ गते । वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि मंगलबार सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो । जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सोमबार सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका […]
तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी

पर्वत फागुन २९ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, […]
मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी फागुन २९ गते । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा […]
मंगलामा एमालेकाे नयाँ नेतृत्व चयन

विकल्प न्यूज / बेनी फागुन २८ गते । नेकपा एमालेकाे मंगला गाउँपालिका कमिटीको दाेर्साे अधिबेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ । साेमबार सम्पन्न भएको अधिबेशनले यामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा चक्रलाल पाण्डे,उप सचिव एकजित रोका र सरस्वती उपाध्या सहित ३१ सदस्यीय कमिटी […]
वडा नम्बर ४ लाई जलजला अध्यक्ष कपको उपाधि

विकल्प न्यूज/जलजला फागुन २८ गते । पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ । वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ […]
सहकारीको समस्या समाधान गर्न कानून संशोधन आवश्यक ः मन्त्री गिरी

विकल्प न्यूज/पर्वत फागुन २८ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अहिले देखिएको सहकारीको समस्या समाधान गर्न कतिपय कानूनहरु संशोधन आवश्यक रहेको बताउनुभएको छ । सहकारीमा रहेको जनताको निक्षपलाई सुरक्षित गरी सहकारीमा देखिएका समस्याहरु समाधान गर्न कानूनहरुको संशोधन आवश्यक रहेको उहाँको भनाई थियो । देशभर अहिले सहकारी समस्या देखिएको भन्दै सहकारीको समस्या […]
मंगलामा एमालेको दोस्रो अधिबेशन सुरु

विकल्प न्यूज/बेनी फागुन २८ गते । मंगला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो अधिबेशन सुरु भएको छ । सोमबार गाउँपालिका केन्द्र बावियाचौरमा सुरु भएको अधिबेशनको उद्घाटन केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले गर्नुभयो । अधिबेशनमा नेता पुनले एमालेको पालामा जिल्लाको विकास निर्माणले तिव्रता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मंगला गाउँपालिकाका वस्तीहरुलाई सडक सञ्जाल […]
नेकपा एमाले रघुगंगा कमिटीको अध्यक्षमा झलक आचार्य चयन

विकल्प न्यूज/बेनी फागुन २७ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । शनिबार मौवाफाँटमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट आचार्य अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, […]