यस्तो छ नेकपा एमालेको बेनी नगर हाक्ने टिम (नामावली सहित)

विकल्प न्यूज\बेनी
फागुन ३० गते ।

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निरविरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी पदाधिकारी र अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा कृष्णदत्त पौडेल,सचिव भोजबहादुर रिजाल,उपसचिव सुनिता केसी र विवेक हमाल सहित ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

यसैगरी सदस्यहरुमा केशब थापा,कुमारी किसान,टेकबहादुर थापा,हरिमाया थापा,डोलेन्द्र सापकोटा,तुलसी सापकोटा,मनकुमारी पुन,लालबहादुर खत्री,विरेन्द्र बानियाँ रेखा  कुँबर चयन हुनुभएको छ ।

यस्तै भक्तबहादुर कामी,हरिप्रसाद विक,दिपक हमाल,मुक्ति खड्का,भुपेन्द्र बानियाँ,तोकबहादुर कार्की,नगेन्द्र केसी,सुन्दर बानियाँ,रुद्रबहादुर घर्ती,कष्ण कुसुम शाही,लक्ष्मी खत्री,शारदा राना,पुष्पा थापा सर्वसम्मत रुपमा चयन भएको निर्वाचन कमिटीका अधिकृत शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सदस्यहरुमा टेकबहादुर बानियाँ,विष्णुप्रसाद सुवेदी,ललित पुन मगर,जानकी विश्वकर्मा,तप्तबहादुर विश्वकर्मा,मिलन खत्री,दिपा परियार,लोकबहादुर खत्री,खड्कबहादुर खत्री,विश्वकुमारी चोखाल,जानकी शर्मा,टेकबहादुर राम्जाली,राधिका विक,सुमन जिसी,दिपक सापकोटा र चुणामणी पौडेल चयन हुनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा जानुका अधिकारी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

नव निर्वाचित कमिटीलाई पार्टीका केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा,प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ र जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । नव निर्वाचित कमिटीका अध्यक्ष कटुवालले पार्टीलाई नगरपालिका भित्र थप बलियो,अनुशासित र क्रियाशिल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका कटुवाल म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुशल संगठक कटुवाल एमालेको राजनीतिमा लामो इतिहास भएको नेता हुनुहुन्छ ।

करिब तीन दशक यता पार्टीमा आवद्ध हुँदै आउनुभएका कटुवाल सामाजिक कार्यक्रर्ता समेत हुनुहुन्छ । कोभिड महामारीका समय बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रहेर कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

कटुवाललाई एमाले नेता तथा कार्यक्रर्ताहरुले आगमी स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा समेत हेरेका छन् । अधिबेशनको उद्घाटन राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तथा एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।