अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन

विकल्प न्यूज/बेनी
फागुन २९ गते ।

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको दोस्रो अधिबेशन गाउँपालिका केन्द्र पोखरेबगरमा सुरु भएको छ । अधिबेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभयो ।

अधिबेशन उद्घाटन गर्नुहुँदै नेता नेपालीले कांग्रेस–माओवादीको गठबन्धनले मुलुकको हित नगरेका कारण टुटेको बताउनुभएको छ । मुलुकको विकास र समृद्धिका लागि अहिलेको नयाँ गठबन्धन निर्माण भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘‘कांग्रेस सहितको गठबन्धन भत्केकाले एमालेले पहलकदमी गरेर देशलाई अस्थिरताबाट जोगाएको हो । कसैले प्रयास गरेर ढालेको भन्दा पनि त्यो आफै ढलेको थियो । एमालेले नयाँ सहयात्राको थालनी गरेर देशलाई अस्थिताबाट जोगाउन प्रयास गरेको छ । गठबन्धन तहसनहस भयो अनि सरकारको दिगोपनका लागि कसैले पनि अग्रसरता देखाउने छाँट नदेखेको अवस्थामा एमाले सतिसाल जसरी साथ दिन उभिएको हो ।’’

नेकपा एमाले गण्डकी प्रदेस सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जिम्मेवार पार्टी भएको कारणले नै देशको संकटको समयमा नेतृत्व गर्न अग्रसर रहने बताउनु भएको थियो । गएको निर्वाचनको परिणामले पनि एमाले मजबुत पार्टी हो भन्ने कुरा प्रष्ट्याएको उहाँको धारणा थियो ।

कोही पनि एमाले सँग एकल प्रतिस्पर्धाका लागि तयार नभएको र परिणामले पनि त्यस्तै देखाएको हुनाले पनि एमालेजन आत्तीनु पर्ने अवस्था नरहेको उहाँको तर्क थियो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समयले सबैकुरा यथार्थ चित्रण गर्ने भन्दै गएको निर्वाचनको परिणाम र माओवादी कांग्रेसको एक वर्षे गठबन्धनले प्रष्ट्याएको धारणा राख्नु भयो ।

उहाँले बामपन्थी र दक्षिणपन्थी बीचको गठबन्धन भएको हुनाले नै अपबित्र भनिएको थियो, आफ्नो बैचारिक धार मिल्ने सँग सहकार्य गरेर नै अगाडी बढ्नु अहिलेको अवस्यकता थियो । एमालेले राज्य सञ्चालनका लागि साथ दिएको बताउँदै पार्टीले गरेको सहकार्य र त्यागलाई कमजोरी नठान्न चेतावनी दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेस सदस्य खुमबहादुर बानियाँ, जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, नेकपा एमाले जिल्ला निर्वाचन प्रमुख रामप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका उपप्रुमख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन, नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्ष झलक शर्मा, युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष प्रदिप तिलिजालगायतले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले अन्नपूर्ण गाउँ कमिटीका अध्यक्ष धन पुर्जाको अध्यक्षता, उपाध्यक्ष खमबहादुर गर्बुजाको स्वागत र आनन्द पुनको सञ्चालनमा उद्घाटनसत्रको कार्यक्रम सम्पन्न भएको थियो । अधिबेशन उद्घाटन पूर्व एमाले कार्यक्रर्ताहरुले ¥याली निकालेका थिए । अधिबेशनबाट नयाँ पालिका कमिटी चयन गर्ने जनाइएको छ ।