ताजा समाचार:
Search

म्याग्दी समाचार

“एक्सन”मा उत्रियो प्रहरी

सन्तोष गौतम /विकल्प न्यूज जेठ १४ गते । बेनी गत हप्ता जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले म्याग्दीमा देखिएको बिकृति र बेथिति विरुद्ध कडा कदम चाल्नुभएको छ । कैलालीबाट सरुवा भएर सोमबार म्याग्दीमा आएका डिएसपी बुढाको निशानामा सिण्डीकेटधारी यातायात व्यवसायी देखि जुवातास खेल्ने खेलाउने परिसकेका छन् । म्याग्दीमा पछिल्लो समय सुरक्षा, […]

मराङ सडक सञ्जालमा जोडियो

तेजीन्द्र पुन/विकल्प न्यूज जेठ १४ गते । मराङ म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका ७ को अर्कला देखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेशीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्धारा सञ्चालित अर्कला–बेशी सडक आयोजना अन्तरगत बेशीसम्म सडकको ट्याक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले […]

२६ बुँदे मागसहित शिक्षक महासंघले ज्ञापनपत्र बुझायो

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १३ ।विभिन्न २६ बुँदे मागसहित नेपाल शिक्षक महासंघ म्याग्दीले आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुको पेशागत हकहित तथा शैक्षिक व्यवस्थापन सुधार गर्नुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आबद्ध विभिन्न संघ सङ्गठनले शिक्षकको हक अधिकार तथा शैक्षिक […]

प्रेस युनियनको स्थापना दिवसमा अनाथ बालबालीकालाई सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, १३ जेठ । नेपाल प्रेस यूनियन जिलला शाखा म्याग्दीले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बाल गृहमा शैक्षिक समाग्री सहयोग गरेको छ । दिवसको अवसरमा बालगृहमा रेहका ११ जना अनाथ बा विद्यार्थीलाई करिब ५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेर आफ्नो दिवस मनाएको हो । सहयोग वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका […]

सिंगामा बाख्रा पैँचो कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । बेनी नगरपालिका ४ सिंगामा बाख्रा पैँचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो । बाख्रा पँैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत बोयर जातका […]

जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालीम

विकल्प न्यूज/बेनी बेनी १३ जेठ ।पर्वत बेनीमा आईतबार देखि जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको संयोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको तिन दिने तालीममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि नितीगत ब्यवस्थाहरुको बारेमा जनप्रतिनिधि […]

म्याग्दीमा यस्ता छन न्याय र सुशासनमा तगारो

सन्तोष गौतम /विकल्प न्यूज जेठ १३ गते । जिल्ला प्रशासन कार्यालयमा पेन्सनका लागि बैंक खाता खोल्न सिफारिस बनाउन आएका भारतीय भुपु सैनीक र उनीहरुका परिवारहरु । तस्विर विकल्प न्यूज म्याग्दीमा लेखापढी र कानुन व्यवसायीले अस्वभावीक रुपमा लिने चर्को सेवा शूल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानुन व्यवसायीले प्रदान गर्ने […]

कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार आचार्यलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । प्रेस सेन्टर म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औं कृष्ण सेन स्मृति दिवस पारेर आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको […]

पाेखरेबगरकाे घुम्ती शिविरबाट एकहजार जना लाभान्वित

सन्तोष गौतम/ विकल्प म्याग्दी १२ जेठ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार एकिकृत घुम्ती शिवीर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा सम्पन्न शिवीरमा एक हजार जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । प्रशासन कार्यालयको टोलीले २०१ जनालाई नयाँ र १३ जनालाई प्रतिलिपी नागरीकता वितरण गरेको सहायक प्रजिअ शोभाकर […]

सांसद केसीको पहलमा आगलागी पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी म्याग्दी, १२ जेठ ।रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडितलाई ४० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पीडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो । विद्युत सर्ट भएर घरमा रु २५ लाख बराबरको क्षति व्यहोरेका भण्डारी परिवारलाई खाद्यान्न, जस्तापाता गरि उक्त […]

म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रमको छलफलका क्रममा शुक्रबार संसद बैठकमा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने आवाज उठाउनुभएको हो । म्याग्दीको हिमाली पहिचान दवाईएकाले म्याग्दीबासीले हिमालबाट लाभ लिन नसकेको बताउँदै थापाले यो समस्या समाधानका लागि […]

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

धिरन खत्री/विकल्प न्यूज पाखापानी, १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट चार सय जना भन्दा बढीले सेवा लिएका छन् । बेनी अस्पतालको प्राबिधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको शिवीरमा पाखापानी, औल, रायखोर, कोटगाउँ, झिँका ४२० जनाले गाउँमै स्वास्थ्य उपचार सेवा पाएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । डाक्टर बिराट शर्माको नेतृत्वमा […]

अमर माविमा कम्प्युटर कक्ष स्थापना

धिरन खत्री /विकल्प न्यूज पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो । गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा स्थापना […]

जुवाको खालबाट पक्राउ परेका कुइनेमंगलेका वडा अध्यक्ष तिनदिन देखि प्रहरी हिरासतमा

विकल्प न्यूज/बेनी जेठ १२ गते । सदरमुकाम बेनीबाट पक्राउ परेका म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्याल तिनदिन देखि प्रहरी हिरासतमा छन् । छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन । विहिबार उनी सहित १४ जनालाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकालाई म्याद थप […]

चट्याङ लागेर घारमा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी म्याग्दी १२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । साँझ पाँच बजेतिर गोठमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको घारको नेयालपानेका ५५ वर्षिय प्रेमबहादुर बरुवालको उपचारको क्रममा मृत्यु भएको शिख घार प्रहरी चौकीका प्रमुख दिपक क्षेत्रीले बताउनुभयो । आफन्त र प्रहरीले […]