दाङखोलाको बेलिब्रिज निर्माण उपभोक्ता समितिद्धारा हिसाब सार्वजनिक

विकल्प न्यूज/बेनी
साउन १ गते ।

धवलागिरी गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज निर्माण गरेको उपभोक्ता समितिले मंगलबार हिसाब सार्वजनिक गरेको छ । गाउँपालिकाले गौरवको आयोजना मानेको पुल निर्माण गरेको उपभोक्ता समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै हिसाब सार्वजनीक गरेको हो ।Beli bridge Udghatanसमितिका अध्यक्ष भिमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा (सरोज)ले विज्ञप्ती मार्फत पुलको विषयमा सामाजिक सञ्जालमा भएको टिका टिप्पणीहरुको खण्डन गर्दै पारदर्शी रुपमा, तोकिएको मापदण्ड र गुणस्तर अनुसारको काम गरेको दावी गर्नुभएको छ ।

गाउँपालिकाको चौबिस लाख ९६ हजार र उपभोक्ताको दुई लाख ८९ हजार ८८५ रुपैयाँ लगानीमा पुलको जग खन्ने, सोलीङ गर्ने, पिसीसी, आरसीसी ढलान गर्ने, ग्यावियन पर्खाल लगाउने काम भएको समितिले जनाएको छ ।

पुलमा प्रयोग भएका आठ वटा मध्य तिन वटा फलामको बिम दरवाङबाट पुरानो लगीएको र पाच वटा बिम गाउँपालिकाले खरिद, ढुवानी गरेर उपलब्ध गराएको हो । बिम खरिद, ढुवानी, फिटीङ, जडान, फेब्रिकेशन र कलरीङ गर्ने कार्यमा गाउँपालिकाबाट सात लाख २८ हजार रुपैया खर्च भएको विज्ञप्तीमा उल्लेख छ । 37283759_1867755469951610_6484735257806372864_nगाउँपालिकाले खर्च गरेको सात लाख २८ हजार रुपैया सहित पुलको कुल लागत ३५ लाख आठ हजार रुपैया भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । जगदेखि पाँच मिटर २० सेन्टि मिटर अग्लो तिन वटा पक्कि पिल्लर निर्माण भएको छ । दाया बायाको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर छ ।

ईस्टिमेट र सम्झौतामा नभएपनी जगको खाडलबाट पानी पम्पिङ गरेर फाल्ने र दरवाङबाट तिन वटा फलामको बिम ढुवानी गरेर निर्माण स्थलमा पु¥याइएको अध्यक्ष छन्त्यालले बताउनुभयो । धवलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत दाङखोलामा बर्खाको समयमा बाढी आउँदा सवारी आवत जावत अवरुद्ध हुने समस्या थियो ।
प्राबिधिक भाषामा अस्थाई मोटरेबल पुल भएपनी आम नागरिकलाई बुझ्नको सहजताका लागि बेलिब्रिजको भाषा प्रयोग गरिएको समितिले प्रष्टाएको छ । यस्तै प्रकृतिको पुल यसअघि मालढुङ्गा बेनी सडकमा समेत बनाएर एक दशक भन्दा बढी समय प्रयोग गरिएको थियो । Beli bridge Udghatan 1वि.स २०७४ असारमा खोलाको दायाँ, बायाँ र बिचमा भुई ढलान गरी ग्यावियन पर्खाल बनाएर त्यसमाथी बिम र काठ राखेर पुल बनाउने काम भैरहेको अवस्थामा दाङखोलामा आएको बाढीले संरचना बगाएर क्षत्ती पुराएपछि पुनसर्वेक्षण गरेर काम सुरु गरिएको थियो । प्राकृतिक बिपदका कारण गाउँपालिकाले एक लाख रुपैयाँ मात्र भुक्तानी गरेको उक्त काम सफल हुन नसकेकोमा समितिले दुख व्यक्त गरेको छ ।

यो पुल बनेपछि देविस्थानको सडकबाट थापाचौरको भिरमा पहिरो नखसेको अवस्था बाहेकको समयमा धारापानी ताकमतर्फ सिधा सवारी सञ्चालन गर्न सकिने भएको छ । खोलामा जोखिम मोलेर सवारी साधन तार्नुपर्ने र गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । गाउँपालिकाका अधिकांश बासिन्दा यसबाट लाभान्वित भएका छन् ।