म्याग्दी समाचार

भकिम्लीको डोलेमा हेलिप्याड निर्माण

विकल्प न्युज / बेनी बेनी १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा […]

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

विकल्प न्युज / पाेखरेबगर पोखरेबगर १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष […]

मालिकाकाे दरबाङमा सचेतनामुलक कार्यक्रम

साधन राम्जाली मगर /विकल्प न्युज दरबाङ, मंगलबार माघ १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि […]

धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

विकल्प न्युज/बेनी बेनी १५ माघ । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् । नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, […]

सडककाे मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन माग

सन्तोष गौतम बेनी १५ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देखि बेनी सम्मको सडक पर्वत अथवा बागलुङ कुन जिल्ला […]

बेनीमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित ¥याली

विकल्प न्यूज/बेनी माघ १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा ¥याली गरिएको छ । ¥यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको […]

रघुगंगामा शैक्षिक गुणस्तर सुधारको पहल

विकल्प न्यूज /बेनी माघ १४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविकास देखि नै शैक्षिक गुणस्तर सुधारमा पहल थालेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटै बालविकास केन्द्रमा उपयुक्त शैक्षिक वातावरण तयार गर्दै गुणस्तरीय सिकाईलाई अबलम्बन गर्नको लागि गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि कार्यशाला आयोजना […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई आठ पदक

विकल्प न्यूज/बेनी माघ १४ गते । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले आठ वटा पदक जितेको छ । कास्की तेक्वान्दो संघ र हिमालयन कम्प्युटर पोखराको आयोजनामा माघ ११ र १२ गते भएको प्रतियोगितामा सर्वोकृष्ट सहित एक वटा स्वर्ण, एक वटा रजत र पाँच वटा कास्य पदक जितेका हुन् । छ वटा जिल्लाका खेलाडीहरुले […]

युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]

नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

समिर रोका मगर/बिकल्प न्युज बेनी ,माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध्यक्ष पुर्जा संगै कमिटीको उपाध्यक्षमा तिलक थापा मगर […]

धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ र बिनियोजन ऐन […]

आठौं बेनी बोडीङ कपको उपाधि जनप्रिय दरबाङ्गलाई

विकल्प न्युज / बेनी माघ १३ गते । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठांै बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले हात पारेको छ । न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि हात पारेको आयोजक बेनी बोडिङका लेखापाल बिशाल खत्रीले जानकारी दिनुभयो । प्रतिस्पर्धात्मक […]

प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग

साधन राम्जाली /विकल्प न्युज म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थमा माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी पुन मगरको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न […]

जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

विकल्प न्युज मुना माघ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो । ‘पर्यटन, जलविद्युत, कृषि र […]

पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

च्युरिबोट आईतबार माघ १३ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई सय बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग गर्नुभएको हो […]