ताजा समाचार:
Search

मालिकाकाे दरबाङमा सचेतनामुलक कार्यक्रम

साधन राम्जाली मगर /विकल्प न्युज
दरबाङ, मंगलबार माघ १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले महिला तथा बालबालिका माथि हुने विभिन्न हिंसा बिरुद्ध गाउँपालिका शसक्त भएर लागेको बताउनुभयो ।

उहाँले महिला तथा बालबालिकाहरु माथि हुने जुनसुकै हिंसा, शोषण तथा हरेक अपराधिक क्रियाकलापको अन्त्यका लागि गाउँपालिका आवश्यक निति तथा नियम बनाएर कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला र बालबालिका माथि हुने घरेलु हिंसा, यौन शोषण, श्रम शोषण ,बलात्कार ,बालबिबाह ,बहुविबाह तथा मानव बेचविखन न्युनिकरण तथा रोकथामका लागि शैक्षिक तथा विभिन्न कार्यक्रम मार्फत जनचेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष खर माया बिटालु ,वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसि, शिक्षा संयोजक तेजप्रसाद लामिछाने र जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले महिला तथा बालबालिका माथि हुने अपराधिक क्रियाकलाप न्युनिकरणका लागि बौद्धि जनस्तरमा चेतना फैलाउन आवश्यक रहेको बताउँदै निति नियमृ निर्माणमा स्थानिय तह तथा सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतियोगिहरुले माहिला तथा बालबालिका माथि हुने घरेलु हिंसा, यौन शोषण, श्रम शोषण ,बलात्कार ,बालबिबाह ,बहुविबाह तथा मानव बेचविखन न्युनिकरण तथा रोकथामका लागि प्रहरी र स्थानिय तह कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका ११ विद्यालयका २० प्रतियोगिको सहभागिता रहेको सहआयोजक ईप्रका दरबाङका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

महिला र बालबालिका माथि हुने घरेलु हिंसा, यौन शोषण, श्रम शोषण ,बलात्कार ,बालबिबाह ,बहुविबाह तथा मानव बेचविखन न्युनिकरण तथा रोकथाममा केन्द्रीत प्रतियोगितामा २० प्रतियोगिलाई पछि पार्दै किसानि मावि बिमका जेनिसा गर्बुजा मगर प्रथम हुनुभएको छ भन यसै गरि केवि एकेडमी एण्ड बोडिङ स्कुल दरबाङकी खिमा सिंथानी द्धितिय, जनप्रिय माविकी प्रतिक्षा सुवेदी तृतिय तथा जनप्रिय माविकै बिनोद सुवेदीले सान्त्वना स्थान हासिल गर्नुभएको निर्णायक संयोजक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्धितीय तृतिय तथा सान्त्वना हुने प्रतियोगिले रु ८ हजार र प्रमानपत्र, पाँच हजार र प्रमानपत्र ,तीन हजार र प्रमानपत्र तथा एक हजार र प्रमानपत्र हात पारेका छन् ।

कार्यक्रममा बिजेतालाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रोका मगर ,उपाध्यक्ष खर माया बिटालु र जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो ।

अध्यक्ष रोका मगरको प्रमुख आतिथ्यता वडा अध्यक्ष जैसिको अध्यक्षता प्रअ सुवेदीको स्वागत मन्तव्य र जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष रेशम जुग्जालि मगर ,वडा नं २का नरबहादुर पुन मगर वडा नं ४का दिलिपकुमार शेरचन , जनप्रिय माविका पुर्व प्रअ विरबहादुर कार्की लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिरहरुको उपस्थीतिको उपस्थिति रहेको थियो ।