म्याग्दी समाचार
बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न […]
रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु
विकल्प न्यूज\बेनी चैत १२ गते । साङेतिक तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका ७ कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवाको ज्यान गएको छ । पालिकाको वडा नम्बर १ बेग बस्ने नरबहादुर पुर्जाको छोरा वर्ष १८ को दिपक पुर्जाको सोमबार एकबजेको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका […]
कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न नगरवासीको माग
विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा गणेश […]
म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट
बेनी १२ चैत ः म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान पुन, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँघको भेटघाटमा संघीय सरकार मार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति […]
नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता
विकल्प न्यूज\बेनी चैत १२ गते । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा।ली।ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि […]
म्याग्दीमा असिना–पानीले बाली नष्ट
विकल्प न्यूज/बेनी चैत १२ गते । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ । त्यसैगरी […]
क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक
विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]
सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर
काठमाडौँ, चैत ११ गते । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय […]
धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा
बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादकहरुको कडाई तथा बजारमा भएको लगानी उठ्न ढिलाई […]
उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम
गलेश्वर १० चैत । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले सांगठनिक, नीतिगत र कार्यक्रमका […]
रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा
रत्नेचौर, १० चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो । ६० वर्ष उमेर पुगेका ५७ जना पुरुष र ७० […]
मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम
विकल्प न्यूज \ बेनी चैत १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो । कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी […]
लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान
विकल्प न्यूज/बेनी चैत १० गते । लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा […]
एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण
विकल्प न्यूज\बेनी चैत १० गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा संगठनलाई व्यवस्थित […]
दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन
विकल्प न्यूज/बागलुङ चैत ९ गते । शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ […]