अन्नपूर्णमा उत्कृष्ट कृषकलाई सम्मान

ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ २७ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिका भित्रका ५ जना उत्कृष्ट कृषक र एउटा कृषि समुहलाई नगद सहित सम्मान गरेको हो ।

व्यवसायिक कृषि खेती गरेका उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुने कृषक र समु्हलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी,आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष खमबहादुर गर्बुजा र कृषि शाखाका कृषि प्राविधिक सहायक हेमन्त बहादुर शाहीले नगद र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद सहित सम्मान गरिएको गाउँपालिकाको कृषि शाखाका कृषि प्राविधिक सहायक शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा वडानम्बर ७ टिका पाइजा तिलिजा, बेगबहादुर पाइजा, वडा नम्बर ८ का चित्रबहादुर गर्बुजा, तुलबहादुर गर्बुजा र वडा नम्बर ६ का तेजबहादुर बरुवाललाई जनही ३५ हजार ८ सय र सम्मानपत्रले सम्मान गरिएको कृषि प्राविधिक सहायक शाहीले जानकारी दिनुभयो । यसैगरी रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित कार्यक्रममा छनौंट भएको जागरुक महिला कृषक समुहलाई नगद २० हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।