म्याग्दी समाचार

गण्डकी प्रदेशमा थपिए १७ जना कुल संख्या ७५ पुग्याे

विकल्प न्युज/ बेनि जेठ २४ गते । गण्डकी प्रदेशका  चार जिल्लामा १७ जना काेराेना संक्रमित थपिएका छन । पाेखरामा गरिएको परिक्षणमा स्याङ्जा मा १०,बागलुङ १,कास्किमा ३,नवलपुर मा ३ जनामा  काेराेना भाईरस संक्रमित पुुुुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत जनाएकाे छ । याे संगै संक्रमित काे संख्या ७५ पुगेकाे छ । उनिहरू सबैलाई जिल्ला स्थित अाईसाेलेशनमा लैजाने […]

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

वीरेन्द्रनगर जेठ २३ गते । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले […]

अन्नपूर्णका ८ जना कृषकलाई उन्नतजातका बोका वितरण

अमित विश्वकर्मा/ बेनी जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको […]

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २६ सय ३४

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ […]

कोरोना संक्रमणबाट पाल्पामा एकजनाको मृत्यु

२२ जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]

कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार, बर्माबाट आउँदैछन् २६ जना

२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ। स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने […]

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

विकल्प न्युज/ पाेखरा जेठ २२ गतेे ।  गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ […]

पर्वतमा थपिए ४ जना, संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्युज/ बेनी जेठ २२ गते ।  पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ । यस अघि ५ जनामा कोरोना संक्रमित पुष्टि भैसकेको थियो । गण्डकी प्रादेशिक स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा फलोवस नगरपालिकाका २ जना र विहादी गाउँपालिकाका २ जना पुरुषमा […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनि जेठ २२ गते । म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । याे संगै काेराेना संक्रमित काे संख्या २ पुगेकाे छ । मंगला-४ निवासी १९ वर्षिय पुरूषमा काेराेना संकमण भएकाे पुष्टि भएकाे जनस्वास्थ्य अधिकृत एकनारायण लम्साल ले जानकारी दिनुभयाे । उनी हालै मात्र भारतबाट अाएका हुन । उनलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइन […]

काेराेनाबाट थप एकजनाकाे मृत्यु

२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनकाे टिचिङ अस्पतालमा उपचार भईरहेकाे थियाे । उपचारका कर्ममा उनकाे मृत्यु भएकाे हाे ।

थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । जेठ २० गते । नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार आज थपिएका […]

म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दीखोलामा वेपत्ता

विकल्प न्यूज/बेनी जेठ २० गते । फाइल तस्विर म्याग्दीको मालिका गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दी खोलामा वेपत्ता भएका छन् । मालिका गाउँपालिका ६ छ्यारछ्यारे स्थित जनप्रिय माविको क्वारेन्टाइनमा वसेका धौलागिरि गाउँपालिका ७ नम्बर वडा धारापानीका वर्ष १९ का राजेश थापा मंगलवार दिउसो साढे एक बजे खोलामा नुहाउँदा बेपत्ता भएका हुन । भारतबाट जेठ […]

स्थानीयवासीहरुले गरे नारच्याङ प्रवेशमा निषेध (भिडियो सहित)

विकल्प न्यूज÷बेनी जेठ २० गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा स्थानीयवासीहरुले वाहिरी मान्छेहरुलाई प्रवेश निषेध गरेका छन् । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँलेहरुले गाउँ प्रवेश गर्ने नाका बन्द गरेका हुन । जिल्ला भित्र र बाहिरबाट आएकाहरु नारच्याङमा जान पाइने छैन । कालिगण्डकी माथि बनाइएको बेलीब्रीज पुल बन्द गरिएको छ । अति आवश्यक […]

पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज / विकल्प जेठ २० गते । पर्वतमा पाचजनामा काेराेना संक्रमित भेटिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलाेपटक ५ जनामा काेरााेनाा संक्रमण देखिएकाे हाेे । स्याङ्जाकाे चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा काेराेना भेटिएकाे छ । उनिहरू सबै हालै मात्र भारत […]