पर्वतमा थपिए ४ जना, संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्युज/ बेनी

जेठ २२ गते । 

पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ ।

यस अघि ५ जनामा कोरोना संक्रमित पुष्टि भैसकेको थियो ।

गण्डकी प्रादेशिक स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा फलोवस नगरपालिकाका २ जना र विहादी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले  दिएको जानकारी अनुसार पर्वतको फलेवास नगरपालिकामा संक्रमितको सख्ंया चार, महाशीलामा ३ र विहादी गाउँपालिकामा २  जनामा संक्रमण भेटिएको हो ।

उनिहरु सवै छिमेकी मुलुक भारतवाट आएका हुन् ।
थप भेटिएका चार जना पनि कुश्मामै रहेको क्वारेन्टीनमा रहेका छन् ।

यस अघि भेटिएका पाँच जना कुश्माको गुप्तेश्वर क्याम्समा रहेको अस्थायी अस्पतालमा भर्ना भैरहेका छन् । उनिहरुको अवस्था पनि सामान्य रहेको छ ।