पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज / विकल्प

जेठ २० गते ।

पर्वतमा पाचजनामा काेराेना संक्रमित भेटिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलाेपटक ५ जनामा काेरााेनाा संक्रमण देखिएकाे हाेे ।

स्याङ्जाकाे चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा काेराेना भेटिएकाे छ । उनिहरू सबै हालै मात्र भारत बाट अाएका थिए ।

पर्वतकाे फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षका ३ जना पुरुष  रहेका छन ।

उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएकाे छ | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ|