थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । जेठ २० गते ।

नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । लाेकपथ