म्याग्दी समाचार

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन सुरु

विकल्प न्यूज/बेनी चैत १७ गते ।    पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका […]

देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

विकल्प न्युज/ काठमाडौ चैत १६ गते ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले […]

बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग

१७ चैत, काठमाडौं ।  होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ । आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई योजनाबद्ध भएको […]

स्थानीय सरकारको कारोबारको भुक्तानी पनि विद्युतीय प्रणालीबाट

१६ चैत, काठमाडौं ।  आगामी आर्थिक वर्ष २०७८/७९ देखि स्थानीय सरकारको कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसको तयारी गरेको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यसै साता काठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले यस्तो निर्णय गरेको हो । अहिले नेपाल सरकार र प्रदेश सरकार […]

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

काठमाडौँ, चैत १६ गते । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ । सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार […]

जोमसोम–कागबेनी सडक कालोपत्रे हुने

सुन्दरकुमार थकाली/जोमसोम चैत १६ गते । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर ९बेनीरजोमसोमरकोरला० राजमार्ग सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोमरकोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोमरकोरला […]

बागलुङ होली झडप : मृतक दुई जनाको सनाखत, केही घाइते

बागलुङ :   बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु हुने दुई जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले बताए। उनीहरुको शव प्रहरीले दर्लिङको बल्देधुरी भीरमा ५ सय […]

बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी चैत १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निल्शुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो । जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि बेनीमा निशुल्क शल्यक्रिया […]

आसन्न निर्वाचनका लागि एघार पत्रकार संगठनबीच गठबन्धन

विकल्प न्यूज/काठमाण्डौं चैत १३ गते ।   आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एघार पत्रकार संगठनबीच केन्द्रिय तहमा गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक लगभग सबैजसो संगठनबीच गठबन्धन भएको छ । प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल ९माधव नेपाल समूह०, प्रगतिशील पत्रकार संघ […]

म्याग्दीमा विद्यालय स्तरमा पुगेर ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्युज/ बेनी चैत १३ गते ।  जिल्ला ट्राफिक कार्यलय म्याग्दीले बिद्यालयमा पुगेर ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । ट्राफिक दुर्घटना न्यूनीकरण गर्नको लागि जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी हरूलाई सचेतना फैलाईएको हो । धवलागिरी माध्यामिक विद्यालय मावि सिगा , कालिका मध्यामिक विद्यालय तिप्ल्याङ , प्रभा माध्यामिक नारच्याङ, भानु माध्यामिक विद्यालय रत्नेचौर , ज्ञान […]

रत्नेचौरमा निशुल्क आँखा शिविरबाट साढे दुइसय लाभान्वित

विकल्प न्यूज÷बेनी चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राबिधिक र सुदिप रावल स्मृति कोषको आर्थिक सहयोगमा रत्नेचौर जागरण समूहले आयोजना गरेको शिविरको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभएको थियो । शिविरमा २४७ जनाको आँखा परिक्षण गरिएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने दुई […]

‘बेनीको बजार…’ का सर्जक श्रेष्ठको निधन

विकल्प न्युज म्याग्दी १३ चैत । ‘बेनीको बजार, जता माया उतै छ नजर‘’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लोकगीतमार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गरेका श्रेष्ठको बिहीबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो । टिकाबहादुरका आफन्तसमेत रहेका नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले उनको मृत्यु भएको […]

सार्वजनिक स्थानमा फागु मनाउन निषेध

काठमाडौँ, चैत १३ गते ।  उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ । यसअघि तीनवटै […]

मोना यूएईबाट दुई पत्रकार सम्मानित

  विकल्प न्युज म्याग्दी, १२ चैत । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । सञ्चार माध्यममा रहेर विश्वमा रहेका नेपालीमाझँ जिल्लाको […]

दरबाङमा १५ शैयाको अस्पताल सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्य /म्याग्दी बेनी(म्याग्दी) चैत १२ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाख देखि १५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको छ । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको संयुक्त साझेदारीमा दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाउन लागिएको हो । अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्थापन निकसाइमन र गाउँपालिकाले […]