म्याग्दी समाचार
वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी
विकल्प न्यूज/बेनी कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ । माओवादी केन्द्रको प्रदेश […]
पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)
विकल्प न्यूज/बेनी कात्तिक २२ गते । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित […]
सामुहिक बलात्कारमा संलग्न तिनजना पक्राउ
विकल्प न्युज/ बेनी कात्तिक २२ गते । बेनी नगरपालिका-५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले उनिहरू पक्राउ परेकाे बताउनुभयाे । पक्राउ परेकालाई बेनी ल्याउन लागिएको उहाले बताउनुभयाे । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो […]
तिन हप्तामा पनि खुलेन धाइरिङ सल्यान – धारापानी सडक
विकल्प न्यूज/बेनी कार्तिक २१ गते । तिनहप्ता अघि परेको वर्षाका कारण पहिरोले अवरुद्ध बनाएको पर्वतको जलजला ७ स्थित ठूलोपहिरोमा सडक अझै खुलेको छैन । दशैं लगत्तै परेको अविरल वर्षाका कारण मिलनचोक–सल्यान–धारापानी–ठोटनेरी सडक खण्डको किराखोर स्थित ठूलो पहिरोमा सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेको लामो समयसम्म पनि खुलाउन पहल नगरेको भन्दै सर्वसाधरणहरुले आक्रोस पोखेका […]
मनै लोभ्याउने सयपत्री फूलको खेती(फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले सयपत्री फूलको खेती गरेको छ । करिब ४ रोपनी जमिनमा फुल खेती गरेको हरियाली ग्रुपका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । तिनवर्ष देखि व्यवसायीक रुपमा फुलको खेती गर्दै आएको र वार्षिक रुपमा ४ लाख रुपियाँ बराबरको फुल विक्री हुने गरेको उहाँले बताउनुभयो । […]
बेनीमा देउसी भैलोको रौनक सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी कात्तिक १७ गते । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै बेनीबजार देउसी भैलोमय बनेको छ । विभिन्न संघसंस्थाहरुले बजारमा देउसी भैलो खेल्न थालेका छन् ।
प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन
विकल्प न्यूज/बेनी कार्तिक १६ गते । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको […]
कृष्णसेन ईच्छुक मदनस्मृती पुरस्कारबाट पत्रकार खत्री सम्मानित
विकल्प न्युज/ बेनी कार्तिक १६ गते । प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको चौँथो जिल्ला सम्मेलन को अवसरमा कृष्ण सेन इच्छुक मदन स्मृति पुरस्कार बाट कृयाशिल पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ ।
विकास आयाेजनामा भएको ढिलासुस्तीप्रती जिल्ला सभाकाे ध्यानाकर्षण
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । जिल्लामा थलिएका ठुला विकास आयोजनालाई गति दिन निर्माण ब्यवसायी र सम्वन्धीत कार्यालयलाई ताकेता गर्ने छैटौँ जिल्ला सभाले निणर्य गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना भएको जिल्ला सभामा ठुला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण ब्यवसायी र सम्वन्धी कार्यालय ध्यानाकर्षण गराउने निणर्य गरेको हो । पटक- पटक म्याद […]
रघुगंगाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
विकल्प न्यूज/बेनी कार्तिक १४ गते । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८ को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो । बार्षिक समिक्षा कार्यक्रममा […]
भूपू सैनिक सहकारीको १२ करोड लगानी
विकल्प न्यूज/बेनी कार्तिक १४ गते । सदरमुकाम बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा झण्डै १२ करोड रुपियाँ बराबरको लगानी गरेको छ । सहकारीको शनिबार बेनीमा सम्पन्न १६ औं वार्षिक साधारणसभामा ११ करोड ९८ लाख २५ हजार रुपियाँ लगानी गरेको जानकारी दिइएको हो । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा […]
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द
काठमाडौं । झण्डै ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन प्रणाली बन्द गरिएको बताएको छ । विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ […]
बेनीमा शितको थोपा अभियान संस्थाको कार्य शुभारम्भ
विकल्प न्यूज/बेनी कार्तिक ११ गते । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको बेनीमा शितको थोपा अभियान संस्थाको स्थापना भएको छ । बुधबार बेनीमा एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी, व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम चुस्त र […]
एमाले बेनी नगर कमिटीको अध्यक्षमा जिसी निर्वाचित
विकल्प न्युज/ बेनी विकल्प न्युज/ बेनी कार्तिक १० गते । नेेकपा एमाले बेनी नगर कमिटीकाे प्रथम अधिवेशनबाट युवा नेता नारायण जिसी अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । मंगलबार सुरू भएको अधिवेशनमा अध्यक्ष पदमा जिसी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी गर्नु भएको थियाे । बुधबार जिसीकाे पक्षमा सहमति जुटेकाे हाे । जिसीकाे नेतृत्वमा ७५ सदस्यीय […]
एमाले बेनी नगर कमिटीको अध्यक्षमा जि.सी र के.सीको दावी यथावत
विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि मंगल सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि.सी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो । बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि […]