ताजा समाचार:
Search

फिचर

पुरा भयो सिँचाई नहर

विकल्प न्यूज/बेनी जेठ २३ गते । सिचाई विकास सब डिभिजन कार्यालय म्याग्दीद्धारा बेनपा ३ बिमीराबोटमा सञ्चालित अधेरीखोला सिन्धाली सिचाई आयोजनाको नहर । तस्विर नवविकल्प

विकासमा अग्रसर महिला ः

विकल्प न्यूज/बेनी जेठ २३ गते । म्याग्दीको बाबियाचौरमा निर्माण हुन लागेको खानेपानी आयोजनाको पाईपलाईन बिछ्याउन श्रमदान गरेर नाली खन्दै स्थानीय महिलाहरु । तस्विर सन्तोष गौतम

सरसफाई अभियानमा हाम्रो पनि साथ छ

विकल्प न्यूज/बेनी जेठ २३ गते । ४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । वास पत्रकार मञ्च म्याग्दीले थालनी गरेको अभियानलाई सफल पार्न आइतवार विद्यार्थीहरुले सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता वातावरण दिवसका अवसरमा नदी सरसफाइ गर्दै आएको छ । […]

विद्यार्थीहरु पनि सरसफाइ अभियानमा(फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । ४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । विद्यालयमा अध्ययनरत करिव तिनसय विद्यार्थीहरुले बेनी नगरपालिका अगाडीबाट सुरु गरि कालिपुल वसपार्क सम्म सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता प्रत्येक वातावरण दिवसका अवसरमा नदी सरसफाई गर्दै […]

रिपोर्टर डायरी – १६ घन्टा धौलागिरी बेसक्याम्पमा हराउँदा…

घनश्याम खड्का म्याग्दी,जेठ २१ गते । जेष्ठ २१, २०७३- जेठ ११ गते विहान टेन्ट, सिल्पिङब्याग समेतका यात्रा सामाग्री बोकेर म घरबाट निक्लिएँ । धौलागिरी पदमार्गको पर्यटन पूर्वाधारको अवस्था, संभावना र समस्याहरुको स्थलगत अध्ययन गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा धौलागिरी पर्यटन विकास परिषदले जिल्लाका राजनीतिक दल, प्राविधिक टोली, संञ्चारकर्मी, संस्कृति अध्येता र स्थानीयसमेत २७ जना […]

सक्षम नेतृत्वको चयन होस

सक्षम नेतृत्वका चयन होस । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्दै म्याग्दीका एक कर्मचारी । आज देशभर आधिकारिक ट्रेड युनियनको मतदान भइरहेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

यसरी गर्न सकिन्छ बेनीको फोहोर व्यवस्थापन

हरिप्रसाद पौडेल/विकल्प न्यूज जेठ १० गते । “फोहोर तव मात्र हुन्छ, जव प्रकृतिको चीज प्रकृतिमा नै मिलाउन सकिदैन” यो भनाइलाई अनुसरण गर्न सकेमा मात्रै हामी फोहर ब्यवस्थापनमा सफल हुन सक्छौ भन्ने लाग्छ । म्याग्दी जिल्ला सदरमुकाम बेनी वजारमा केही वर्ष अगाडी देखि उद्योग वाणिज्य संघ म्याग्दीको पहलमा वजारको फोहोर ट्याक्टरवाट संकलन गरि वजार नजिकैको खोला […]

म्याग्दीमा सरसफाई अभियानको पाँचौ हप्ता…. (फोटोफिचर)

विकल्प न्यूज/बेनी जेठ ८ गते । वास पत्रकार मञ्च नेपाल, म्याग्दीको अगुवाइमा सुरु भएको कालगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान पाँचौ हप्तामा प्रवेश गरेको छ । जेठ ८ गते शनिवार विहान खुल्ला मञ्च तल म्याग्दी खोला किनारमा सरसफाई गरिएको छ । शनिबार बुद्ध जयन्ती पनि परेकाले बौद्ध धर्मालम्बीहरु  सरसफाई अभियानमा सक्रिय भएका थिए । […]

कालिगण्डकी – म्याग्दी नदी सरसफाई अभियानको चौथो हप्ता (फोटोफिचर)

विकल्प न्यूज/बेनी जेठ १ गते । वास पत्रकार मञ्च नेपाल म्याग्दीको अगुवाइ र जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय,विभिन्न संघसस्था,नेपाली सेना,नेपाल प्रहरी र बजारवासी सर्वसाधारणहरुको सहभागितामा सञ्चालन गरिएको अभियानको चौथो हप्ता आज पनि कालिगण्डकी नदी किनारमा सरसफाई गरिएको छ । शनिबारको सरसफाई अभियानमा बजारवासीहरुको राम्रो शहभागिता रहेको वास पत्रकारले जनाएको छ । तस्विर सन्दीप खत्री

योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याउने संस्थापक अध्यक्षहरु सम्मानित

योगदानको कदर ः म्याग्दी पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्षहरु सम्मानित पुस्तकालयलाई योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भट्टचन, पूर्व अध्यक्षहरु डाक्टर भूपेन्द्रबहादुर खड्का, सुवासकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, किरण सापकोटा, सुरजकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई अबिर, टिका लगाई सम्मानपत्रले सम्मान गरिएको छ । तस्विर प्रताप बानियाँ

प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा रक्तदान (फोटो)

रक्तदान  ः प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा बैशाख २५ गते शनिबार बेनीको विरेन्द्रचोकमा रक्तदान गर्दै सर्वसाधारणहरु । म्याग्दी उद्योग बाणिज्य संघको संयोजन,जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग र प्रथम राष्ट्रिय पत्रकारिता दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

म्याग्देली खेलाडी विदेशमा सम्मानीत

म्याग्देली खेलाडी विदेशमा  सम्मानीत ः हङकङमा रहेका म्याग्देलीहरुको संस्था नेपाली प्रवासी संघ (मोना) हङकङले राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाही ठकुरीलाई सम्मान गरेको छ ।

यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग

यसरी गरे ताकमका स्थानीवासीले बर्षाको माग ः लामो खडेरीका कारण बालीनालीलाई असर गरेको भन्दै म्याग्दी ताकमका स्थानीयहरु पानीमाथी वसेर वर्षाको माग गर्दै भजन कृतन थालेका छन् । तस्विर गोपाल आचार्य

कालीगण्डकी सरसफाई अभियान (फोटो फिचर) …….

वास पत्रकार मञ्चले सञ्चालन गरेको नदी सरसफाई अभियान अन्तरगत बिहीबार बिहान बेनी स्थित कालीगण्डकी किनारमा फोहोर संकलन गरि व्यवस्थापन गर्दै सहभागिहरु । साप्ताहीक सरसफाई कार्यक्रम अन्तरगत बिहीबार दोस्रो दिन नदी किनार सरसफाई भएको हो । तस्विर सन्तोष गौतम, म्याग्दी

म्याग्दीमा जिल्ला बालभेला सुरु ..

म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रबार देखि बालबालिकाको भेला सुरु भएको छ । भेलामा आगमी नयाँ नेतृत्व चयन र बालबालिकाका अधिकारका वारेमा छलफल र अन्तरक्रिया हुनेछ । तस्विर विकल्प न्यूज