असार १४ गते ।
म्याग्दीको बैसरी स्थित कालिगण्डकी नदीमाथि रहेको काठको साघुबाट ज्यानको बाजी राखेर नदी पार गर्दै सर्वसाधारण । गत वर्ष कालिगण्डकी थुनिने गरि आएको बैसरी पहिरोले झोलुङगे पुल बगाएको थियो । पुल निर्माणमा ढिलाइका कारण जिल्लाका हिस्तान र राम्चे गाविसका स्थानीयहरु यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर ठाकुरप्रसाद आचार्य / म्याग्दी