विकल्प न्यूज/बेनी
असार १८ गते ।
म्याग्दीको हिमाली क्षेत्रमा आलु खन्ने सिजन सुरु भएको छ । आलु उत्पादनका हिसावमा प्रख्यात रहेका हिस्तान र राम्चेका किसानहरु यतिखेर खेतवारीमा लगाएको आलु खन्न व्यस्त देखिन्छन् । यसपाली यी दुइगाउँबाट मात्रै एककरोड रुपियाँ भन्दा वढीको आलु निर्यात हुने कृषकहरु बताउँछन् । यहाँको आलु स्वादीष्ट भएकाले पोखराका ठूला होटलहरुमा माग हुने गरेको हिस्तानकी टिका तिलिजाले बताउनुभयो । हिमाली क्षेत्रको मूख्य पेशा नै आलु खेती रहेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य