ताजा समाचार:
Search

धाइरिङमा रोपाई – छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फिटोफिचर)

विकल्प न्यूज/बेनी
असार ५ गते ।

यसपाली  असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष  मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत मिलेको हो । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ ।DSC00805

मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । गाउँघर तिर छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको छ । यसरी धान रोप्ने क्रममा छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे भाका गाउने गरिन्छ ।DSC00827 DSC00914 DSC00818 DSC00820DSC00903DSC00818

सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ । आइतवार पर्वतको धाइरिङको सल्यान स्थित सुन्दर फाँटमा पुग्दा किसानहरु रोपाइमा व्यस्त थिए । सिँचाइ सुविधा भएको यहाँ असार महिनाको सुरुवातमै धान रोपाई सुरु हुन्छ ।तस्विरहरु ठाकुरप्रसाद आचार्य

DSC00804DSC00929