फोटो

जब खोप्रामा आकास खुल्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/खोप्रा साउन ३० गते ।   खोप्रालेकबाट हिमशृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाइँदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खाेप्राबाट संसारलाई नियाल्न पाइयो । आँखै अगाडि खुलेको हिमशृङ्खलाले वातावरणलाई मनोमहक बनाइदिएको छ । हरियाली डाँडापाखा र टलक्क टल्किएका हिमालहरुको लहरले खोप्रा लेक साँच्चिकै सुन्दर देखिएको छ […]

तीनसय वर्ष पुरानो लाखे नाच संरक्षणमा जुटे बेनीका युवा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी साउन १८ गते । करिब तिनसय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ । लाखे नाचलाई नेवार समुदायको परानो संस्कृतिको रुपमा लिने गरिन्छ । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु […]

साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड

विकल्प न्यूज/बेनी साउन २ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न भक्तजनाहरु आएका छन् । म्याग्दी सँगै कास्की,चितवन,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । सफा मौसम भएकाले भक्तजनहरु बढ्न सक्ने अनुमान गरिएको छ । […]

म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ३० गते । म्याग्दीमा एकवर्षको अवधिमा विभिन्न योजनाहरु मार्फत गरेर १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना,पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो । बेनी […]

लभ्लीहिलमा पदमार्ग र चौपारी निर्माण(फोटोफिचर)

विकल्प न्यूज/बेनी असार २७ गते । पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुनथालेको बेनी नगरपालिका २ लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुनथालेका छन् । वन डिभिजन कार्यालय म्याग्दीद्धारा चालु आर्थिक वर्षमा ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यपर्यटन कार्यक्रम मार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको […]

सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]

सुन्तला खेतीले समृद्ध दोसल्ले गाउँ

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला विक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्राउने गरेका छन् । परम्परागत खेती मकै,गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन । यहाँ रहेका ५० घरपरिवार बसोवास गर्ने गाउँभरी […]

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक […]

म्याग्दी रोपाई सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार ३ गते । म्याग्दीमा रोपाई सुरु भएको छ । असार लागे लगत्तै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । म्याग्दीको मंगला गाउँपालिका २ रणबाङमा ट्याक्टरले जोतेर खेत रोप्न तयारी गरिदै ।

केरा खेतीले खबराको गाउँनै ढाक्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २९ गते । बेनी नगरपालिका २ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस हुन्छ । केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा […]

तस्विरमा बेनी नगरका जनप्रतिनिधिहरुको विदाई र स्वागत

विकल्प न्यूज\बेनी जेठ ४ गते । बेनी नगरमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको स्वागत र आफ्नो पाँचवर्षे कार्यकाल सम्पन्न गरेका जनप्रतिनिधिहरुको विदाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको विदाई तथा स्वागत कार्यक्रममा लिइएका तस्विरहरु ः  

बेनी नगर जितेपछि एमाले र माओवादीले मनाए विजय उत्सव (फोटो फिचर)

विकल्प न्यूज\बेनी जेठ ३ गते । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयर माओवादीले जितेपछि विजयी उत्सव मनाएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयर ज्योती लामिछाने विजयी हुनुभएको छ । बेनी नगरको मेयर सहित वडा नम्वर १, ५, ६, ८ र १० मा एमालेले जित […]

म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३१ गते । म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा […]

म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा सकियो ः मतपेटिका संकलन सुरु

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्याएपछि भोली विहान […]

म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता […]