खेलकुद
वडा नम्बर ४ लाई जलजला अध्यक्ष कपको उपाधि

विकल्प न्यूज/जलजला फागुन २८ गते । पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ । वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ […]
जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला फागुन २६ गते । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई […]
बेनीमा आगामी चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

विकल्प न्यूज/बेनी फागुन २३ गते । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते […]
गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीलाई सफलता

विकल्प न्यूज/बेनी फागुन १३ गते । गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलोपटक सफलता हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल ग¥यो । उक्त प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० कास्य पदक जित्न सफल भयो । खेलकुदको इतिहासमा म्याग्दीले प्राप्त गरेको यो […]
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा म्याग्दी तृतीय हुन सफल

विकल्प न्यूज/बेनी फागुन १२ गते । गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण,११ रजत र १० कास्य पदक जित्दै म्याग्दीले तृतीय स्थान हासिल गरेको हो । प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिएर म्याग्दी पहिलोपटक तृतीय स्थान हासिल […]
बेनी बोर्डिङ कपको उपाधि आयोजक विद्यालयले जित्यो

विकल्प न्यूज/बेनी माघ २६ गते । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमी दरबाङलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २ का विरुद्ध ४ गोल गदैं उपाधि हात पारेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ […]
बेनी बोर्डिङ कप : शुक्रबारदेखि सेमिफाइनलका खेल हुने

विकल्प न्युज / बेनी माघ २५ गते । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, […]
बिकु फ्यामिलि कालोलाई उपाधि

म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार […]
मंगलबार देखि बेनीमा सर्वाधिक राशिको बिकु फ्यामिली कप हुँदै

विकल्प न्यूज/बेनी माघ १५ गते । बेनीमा माघ १६ बाट हुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइड हुने छ । म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना […]
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को […]
शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय र शिख मावि विजयी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १३ गते । जिल्ला भलिबल संघको आयोजनामा बेनीमा संचालन भएको प्रथम म्याग्दी कपको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिख विजयी भएको छ । बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो दुई सेटमा पराजित गरेको […]
बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते । बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]
बेनीमा खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस २० गते । जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीका दुईजना खेलाडीलाई सम्मान गरेको छ । बेनीमा आयोजना गरिएको जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र कराँतेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको हो । शाही म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्ले […]
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी म्याग्दी,पुस २० गते । म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने […]
जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १९ गते । पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । […]