गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा म्याग्दी तृतीय हुन सफल

विकल्प न्यूज/बेनी
फागुन १२ गते ।

 गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण,११ रजत र १० कास्य पदक जित्दै म्याग्दीले तृतीय स्थान हासिल गरेको हो ।

प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिएर म्याग्दी पहिलोपटक तृतीय स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुयो । उहाँले भन्नुभयो, ‘‘प्रदेश स्तरमा भाग लिएर जिल्ला पहिलो पटक तृतीय स्थान हासिल गर्न सफल भएका छौं । जिल्ला खेलकुद विकास समितिले गरेको लगानी र खेलाडीको क्षमता विकासका लागि निरन्तरको प्रयासले अहिले सार्थकता पाएको छ । यस अवसरमा सम्पुर्ण खेलाडीहरु, टिम ब्यवस्थापक, खेलका प्रशिक्षकहरु लगायत सबैलाई धन्यवाद छ ।’’

प्रतियोगितामा म्याग्दीबाट सहभागि भएका खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेकाले यो सफलता प्राप्त गरेको उहाँको भनाई छ ।