खेलकुद

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

विकल्प न्यूज /बेनी म्याग्दी,माघ ३ गते । बेनीमा मंगलबारदेखि सुरु हुन लागेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रचारप्रसार, नाम दर्ता, खेलमैदान मर्मत, ब्यवस्थापन, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । माघ ९ गतेसम्म सञ्चालन सञ्चालन हुने प्रतियोगितामा […]

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नाम दर्ता शुरु

विकल्प न्यूज /बेनी माघ २ गते । जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड(विद्यालय स्तरीय छात्र÷छात्रा) प्रतियोगिता–२०७२ को लागि नाम दर्ता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले दिएको जानकारी अनुसार आज माघ २ गते शनिबार सर्वोदय उच्च माध्यमिक विद्यालय भू–तातोपानीले विद्यालय दर्ता गराएको छ । जिल्लाका ६८ विद्यालयलाई पत्राचार […]

यसरी गरियो रत्नेचौरमा अंञ्चलस्तरीय खेलकुद मैदानको शिलन्यास

विकल्प/म्याग्दी पुस,२१ गते । बेनी नगरपालिका १ स्थित रत्नेचौरमा अञ्चल स्तरीय खेलकुद मैदान निर्माणको सुरुवात गरिएको छ । रत्नेचौरका युवाहरुको सक्रियतामा उक्त स्थानमा खेलकुद मैदान निर्माण कार्यको थालनी गरिएको हो । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्राईले सोमवार साँझ रत्नेचौरमा एक कार्यक्रमका विच खेलकुद मैदान निर्माणको शिलन्यास गर्नुभएको हो । […]

क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी चौथो

सन्तोष /विकल्प म्याग्दी,पुस १८ गते । बुटवलमा सम्पन्न पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगितामा म्याग्दी जिल्लाको टोली चौथो बनेको छ । लुम्बिनी एक्पो २०१५ अन्तराष्ट्रिय ब्यापार मेला अन्तरगत आयोजित प्रतियोगिताको सेमीफाईनलमा म्याग्दीको टोली नवलपरासीसंग पराजीत भएको थियो । १३ जिल्ला सहभागि प्रतियोगितामा नवलपरासी प्रथम, स्याङ्जा दितृय र गुल्मी तितृय भएका छन् । प्रतियोगितामा प्रथम, […]

नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दी गठन, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

विकल्प/म्याग्दी पुस २ गते । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दी गठन भएको छ । जिल्लाका अग्रज खेलाडी दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, केन्द्रीय सदस्य केवी राना र यामकुमारी गुरुङ ‘अस्मिता’को सहभागितामा गठित समितिको उपाध्यक्षमा विक्रम बोगटी, सचिबमा विनय श्रेष्ठ, […]

खेलकुदको विकास र सामाजिक कार्य गर्न गलेश्वर शिव यूवा क्लवको गठन

विकल्प /म्याग्दी मंसिर १४ गते । बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरका यूवाले धार्मिक, सामाजिक तथा  खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यूवा क्लवको स्थापना गरेका छन् । जिल्लामै प्रमुख धार्मिकस्थल गलेश्वर बजार तथा आसपासका क्षेत्रका यूवाको भेलाले दिवाकर बुढाथोकी मगरको अध्यक्षतामा गलेश्वर शिव यूवा क्लवको स्थापना गरेका हुन् । क्लवको उपाध्यक्षमा मोहन कार्की ‘विवश’ विरबहादुर मगर शेरपुञ्जा, सचिव […]

माउन्ट एभरेष्ट विद्यालयद्धारा खेलकुद विकास समितिका पूर्व अध्यक्ष र खेलाडीहरु सम्मानित

विकल्प/म्याग्दी मंसिर १४ गते । बेनीमा रहेको माउन्ट एभरेष्ट उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरेको छ । साथै विद्यालयले जिल्लाबाट विभिन्न खेलहरुमा उत्कृष्ट पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई पनि सम्मान गरेको हो । विद्यालयले खेलकुद विकास समितिका ६ जना पुर्व अध्यक्ष, […]

माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)

माउन्ट एभरेष्ट आवसीय उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सोमबार सम्मान गरेको छ । विद्यालयले जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु क्रमशः अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ,रमेश श्रेष्ठ र विनोद केसीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । साथै जिल्लाबाट अन्तराष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा सहभागि भइ गोल्ड […]

शनिवार विहान जेसीज कपको फाईनल खेल

बेनी /विकल्प मंसिर ११ गते । बेनीको खुल्ला मञ्चमा जारी जेसीज कपको फाइनल खेल शनिवार विहान हुने भएको छ । बेनी स्थित न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीमा सञ्चालीत अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका छन् । शुक्रबार भएको सेमीफाईनलमा प्रकाश उच्च मावि […]

म्याग्दीमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

म्याग्दी, मंसिर ९ गते । म्याग्दीमा आगामी माघ ५देखि ९ गतेसम्म दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले बुधबार साझ गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्माले जिल्लामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बताउनुभयो […]

अपडेट ः १४ औ जेसीजकप फुटबल, कस्तो भयो आजको खेल

सन्तोष गौतम /बेनी म्याग्दी ९ मंसिर । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै […]

बेनीमा १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु

म्याग्दी,मंसिर ९ गते । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै बाहिरीएको छ । […]

कराँते प्रतियोगितामा म्याग्दीलाई तीन पदक

विकल्प/म्याग्दी मंसिर ६ गते । सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा धनगढीमा भएको सातौ खुल्ला अन्र्तराष्ट्रिय कराँते प्रतियोगितामा म्याग्दीले तीन पदक जितेको छ । धनगढीको सुदुर पश्चिमाञ्चल क्षेत्रीय रंगशालामा मंसिर ३ देखी ५ गतेसम्म भएको खेलमा म्याग्दीबाट सहभागि भएका तीन जनाले नै पदक हात पारेका हुन् । एकल पुरुष काँटामा चन्द्र बुढा प्रथम, एकल […]

बेनीमा १४औं जेसीज कप फूटबल प्रतियोगिता हुने

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा यही मंसिर ९ देखि १२ गतेसम्म सदरमुकाम बेनीमा १४औं जेसीज कप फूटबल प्रतियोगिता–२०१५ हुने भएको छ । जेसीज सचिवालयमा शुक्रबार विहान पत्रकार सम्मेलनको आयोजना गरी १४औं जेसीज कपको तयारीबारे जानकारी गराइएको हो । फूटबल प्रतियोगिताको तयारीबारे जानकारी गराउँदै म्याग्दी जेसीजका अध्यक्ष नवराज पौडेलले प्रतियोगिता […]

प्रशिक्षक बानियाँलाई विममा सम्मान

विकल्प म्याग्दी कात्तिक २८ गते । हुने विरुवाको चिल्लोपात भने झै भलिवलमा अथक मेहनत र परिश्रमको प्रतिफलका कारण आज उनी म्याग्दीको भलिबलमा नयाँ नक्षत्रका रुपमा उदाउने चरणमा छन् । उनी अर्थात बेनी नगरपालिका–९ घतानका तेजेन्द्र बानियाँ । बाल्यकाल देखिनै भलिबलमा रुची रहेका बानियाँले जिल्लामै उत्कृष्ट खेलाडीको पहिचान मात्रै बनाएनन्,कलिलै उमेरमा प्रशिक्षकको जिम्मेबारी समेत सम्हालिरहेका छन् […]