यसरी गरियो रत्नेचौरमा अंञ्चलस्तरीय खेलकुद मैदानको शिलन्यास

विकल्प/म्याग्दी
पुस,२१ गते । बेनी नगरपालिका १ स्थित रत्नेचौरमा अञ्चल स्तरीय खेलकुद मैदान निर्माणको सुरुवात गरिएको छ । रत्नेचौरका युवाहरुको सक्रियतामा उक्त स्थानमा खेलकुद मैदान निर्माण कार्यको थालनी गरिएको हो ।

DSC07956
पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्राईले सोमवार साँझ रत्नेचौरमा एक कार्यक्रमका विच खेलकुद मैदान निर्माणको शिलन्यास गर्नुभएको हो । खेलकुद मैदानको शिलन्यास गर्दै भट्राईले नयाँ नेपाल निर्माणको लागि युवाहरुले अभियान चलाउनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्राईले नेपालको राजनीति अव विकास मुखि हुनुपर्ने जोड दिनुभयो । DSC07919 DSC07922
विभिन्न पेशा र रोजगारीका शिलशिलामा स्वदेश तथा विदेशमा रहेका रत्नेचौरका युवाहरुले फेसबुकमार्फत सञ्चालन गरेको मिसन बुढाचौर अभियान मार्फत रकम संकलन गरी धौलागिरिमै सुविधा सम्पन्न रङगशाला निर्माण उद्देश्य रहेको स्थानीय युवा दिनेश रावलले बताउनुभयो । रावलका अनुसार अहिले सम्म ६ लाख रुपियाँ संकलन भएको र थप रकम सञ्चालन गर्न अभियानलाई निरन्तरता दिइएको छ ।

DSC07917

पटक पटक रत्नेचौरमा खेदकुद मैदान निर्माण कार्य थालनी गरेपनि सफल हुन नसकेकाले यसपाली भने जसरी पनि सफल पारीने रावलले बताउनुभयो । कार्यक्रमको सञ्चालन भानुउमावि रत्नेचौरका प्रअ भरत खत्रीले गर्नुभएको थियो । भट्राई मंगलबार बेनीमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन म्याग्दी आउनुभएको हो ।


2 thoughts on “यसरी गरियो रत्नेचौरमा अंञ्चलस्तरीय खेलकुद मैदानको शिलन्यास

Comments are closed.