विकल्प न्यूज /बेनी
म्याग्दी,माघ ३ गते ।
बेनीमा मंगलबारदेखि सुरु हुन लागेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रचारप्रसार, नाम दर्ता, खेलमैदान मर्मत, ब्यवस्थापन, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । माघ ९ गतेसम्म सञ्चालन सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि आईतबारसम्म ५० वटा विद्यालयले नाम दर्ता गराईसकेका छन् ।
जिल्लाका खेल प्रतिभाको पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्न अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा एथलेटिक्स, भलिबल र तेक्वान्दो तथा कराँते बिधाका खेलहरु खेलाईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुर्वसन्ध्यामा सोमबार समितिको कवर्डहरुलमा खेलकुद विकास सम्बन्धि सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम पनि आयोजना भएको छ । प्रतियोगिताको माघ ५ गते पशु विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम छ । सन्तोष गौतम