क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी तृतीय स्थानमा विजयी

विकल्प न्यूज
म्याग्दी,माघ २५ गते ।
पर्वतको डिमुवामा आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्र स्तरीय खुल्ला भलिबल प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासील गर्न सफल भएका छ ।
डिमुवा स्थित नवजागृती उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा स्याङजा प्रथम स्थान,नवलपरासी दोस्रो र म्याग्दी तेस्रो भएका छन् । उनीहरुले क्रमशः एकलाख पचासहजार,एकलाख र पचास हजार रुपियाँ पुरस्कार हाता परेका छन् ।

12687923_757119011090086_1627134303792459925_n
त्यस्तै सान्त्वना हुने तनहु जिल्लाले १५ हजार रुपियाँ पाएको छ । प्रतियोगितामा म्याग्दीका खेलाडीहरुले उत्कृष्ट खेल खेलेको प्रशिक्षक तेजेन्द्र बानियाले बताउनुभयो । एकमहिना अघि बुटवलमा भएको क्षेत्रीय भलीबल प्रतियोगितामा म्याग्दी चौथौ स्थान हासिल गरेको थियो ।

12647409_757118241090163_3407498616049705617_n
आर्थिक समस्या भएपछि म्याग्दीका खेलाडीहरु २२ हजार रुपैयाँ चन्दा संकलन गरेर प्रतियोगितामा सहभागि हुन गएको प्रशिक्षक बानियाले बताउनुभयो ।
सरकारी निकायबाट सहयोग नपाएपछि जिल्लाको प्रतिष्ठाका लागि चन्दा उठाएर भएपनि सहभागि बनेको बानियाले बताउनुभयो ।

12717390_757118184423502_689192034865848641_n
म्याग्दीको भगवती घर भएका राष्ट्रिय खेलाडी मिलन मल्लको कप्तानीमा सहभागि म्याग्देली टोलीमा घतान, बरंजा र भगवतीका खेलाडीहरुको सहभागिता थियो ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको बिजेतालाई एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
यातायात, आवास र खानाका लागि आर्थिक अभावका कारण क्षमत्ता र प्रतिभावान खेलाडीहरु खेल्ने अवसरबाट बञ्चित हुने अवस्था आएपछि बेनी बजारमा चन्दा संकलन गरी खेलाडीहरु प्रतियोगितामा भाग लिन गएका थिए । ठाकुरप्रसा आचार्य