दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी वेष्ट प्वाईन्टलाई (फोटो सहित)

सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ९ गते ।
म्याग्दीको बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट प्वाईन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा माघको ५ गतेदेखि सञ्चालित प्रतियोगिताको विभिन्न बिधाका खेलमा १४५ अंक प्राप्त गर्दै वेष्ट प्वाईन्टले दोस्रो पटक उपाधि जितेको हो

DSC08508

प्रतियोगितामा बरंजाको महेन्द्ररत्न उच्च माविले ८८ अंक सहित दितृय र बेनीका माउन्ट एभरेष्ट आवाशिय उच्च मावि ७९ अंक सहित तितृय भएका छन् । प्रथम, दितृय र तितृय हुने विद्यालयले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार, ४० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

DSC08530
छात्रछात्रा भलिबलको फाईनलमा गत वर्षको उपबिजेता मंगला उच्च मावि बाबियाचौरलाई पराजित गरेको मंगला उच्च माविलाई पराजीत गर्दै महेन्द्ररत्न उपबिजेता हुन सफल भएको हो । बिजेता वेष्ट प्वाईन्टले एथलेटिक्स र उपबिजेता महेन्द्ररत्न उच्च माविले भबिलबलबाट राम्रो अंक जोडेका थिए । प्रतियोगितामा ४३ विद्यालयले सहभागिता जनाएका थिए ।

DSC08517
समापनका क्रममा ईन्द्रबक्स गणका प्रमुख सेनानी राजु कार्की, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का लगायतले बिजयी विद्यालयका खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

DSC08526

 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र कोषाध्यक्ष दिनेश केसीले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा जिशिअ अधिकारीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

DSC08530

तस्विरहरु ठाकुरप्रसाद आचार्य,धिरन खत्री