सन्तोष /विकल्प
म्याग्दी,पुस १८ गते ।
बुटवलमा सम्पन्न पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगितामा म्याग्दी जिल्लाको टोली चौथो बनेको छ ।
लुम्बिनी एक्पो २०१५ अन्तराष्ट्रिय ब्यापार मेला अन्तरगत आयोजित प्रतियोगिताको सेमीफाईनलमा म्याग्दीको टोली नवलपरासीसंग पराजीत भएको थियो । १३ जिल्ला सहभागि प्रतियोगितामा नवलपरासी प्रथम, स्याङ्जा दितृय र गुल्मी तितृय भएका छन् ।
प्रतियोगितामा प्रथम, दितृय, तितृय र चौथो हुने टिमलाई उद्योगमन्त्री सोमप्रसाद पाण्डेले क्रमश नगद ६० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार सहित मेडल र कप वितरण गर्नुभएको थियो ।
पहिलो पटक क्षेत्रीय स्तरको खेलमा सहभागि भएको म्याग्दीले कबिलबस्तु, पाल्पा र रुपन्देहीलाई पराजीत गर्दै सेमी फाईनलमा पुगेको प्रशिक्षक तेजेन्द्र बानियाले बताउनुभयो । टिममा काउलेगौडाका ५, बरंजा, बिम र अर्मनका ३ जना खेलाडी सहभागि भएका थिए । रुपन्देहीको मणिमुकन्द भलिबल कल्वले आयोजना गरेको प्रतियोगिता शनिबार सम्पन्न भएको थियो ।