सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १४ गते ।
म्याग्दी सदरमुकाम बेनी स्थित खुल्लामञ्च खेल मैदानमा बिहीबारदेखि जिल्ला स्तरीय अन्तर निमावी पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।
बेनी आवासिय माविमा गठित जुनियर रेडक्रस सर्कलले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगितामा निमावी तहका १४ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।
तिन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विद्यालयका संस्थापक समेत रहनुभएका सांसद रेशमबहादुर बानियाले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको बिजेता र उपबिजेता टिमले १३ हजार र आठ हजार रुपैया नगद सहित शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
जुरेसका सभापति सन्देश पौडेलको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र शिक्षक नायक डिलमाया पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बानिया र प्रिन्सीपल कृष्ण कनौजेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन समारोहमा प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, प्याब्सनका अध्यक्ष राजकुमार थापा, पुर्व अध्यक्ष राजु केसी लगायतको पनि उपस्थिती रहेको थियो ।