विकल्प/म्याग्दी
पुस २ गते ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दी गठन भएको छ । जिल्लाका अग्रज खेलाडी दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, केन्द्रीय सदस्य केवी राना र यामकुमारी गुरुङ ‘अस्मिता’को सहभागितामा गठित समितिको उपाध्यक्षमा विक्रम बोगटी, सचिबमा विनय श्रेष्ठ, कोषाध्यक्षमा मनकुमारी विश्वकर्मा र सहसचिबमा श्रीराम पौडेल रहनुभएको छ । समितिका सदस्यहरुमा श्रीप्रसाद रोका, मिलन केसी, विश्वास श्रेष्ठ, सुदीप मल्ल, सोवन श्रेष्ठ, विनोद घर्ती, मुक्ति सुवेदी, असल केसी, सनम बानियाँ, सन्दीप चोखाल, सीता थकाली, र रवि खत्री रहनुभएको छ ।