सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ७ गते ।
म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिन मंगलबारसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि बेनीले अग्रता लिएको छ ।
सटफुट, हाईजम्प, त्रिपल जम्प, ८०० मिटर दौड र १५०० मिटर दौडको फाईनल सम्पन्न हुँदा सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड बिजेता वेष्ट प्वाईन्टले ४४ अंक सहित अग्रता कायम गरेको हो । तेस्रो दिनसम्म रघुगंगा मावि पिप्लेले २३, जनप्रिय उच्च मावि दरवाङ २१, माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीले २० र बेनी आवासीय माविले १६ अंक प्राप्त गरेका प्रतियोगिताका सञ्चार संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
८०० मिटर छात्रतर्फ न्यु वेष्ट प्वाईन्टका सरोज खत्री प्रथम, जनप्रिय उच्च माविका धनप्रसाद शाखाशंकर दितृय र माउन्ट एभरेष्टका लिलु गर्बुजा तितृय भएका छन् । ८०० मिटर छात्रातर्फ वेष्ट प्वाईन्टका दिपा कार्की प्रथम, राष्ट्रिय जनजागृती मावि पूर्णगाउँका रोजीना कार्की दितृय र जनप्रिय उच्च मावि दरवाङगका पबिता पुन तितृय भएका संयोजक श्रेष्ठले बताउनुभयो ।
पन्ध्र सय मिटर दौड छात्रतर्फ जनप्रिय उच्च माविका धनशाखा शंखर प्रथम, मंगला उच्च मावि बाबियाचौरका याम खड्का दितृय र किसानी मावि ताकम धारापानीका मिलन पुन तितृय भएका छन् । पन्ध्र सय मिटर दौड छात्रातर्फ रघुगंगा मावि पिप्लेका निशू बानिया प्रथम, जयन्ती मावि भकिम्लीका मनिषा पुन दितृय र माउन्ट एभरेष्टका जमुना श्रीपाली तितृय भएका छन् ।
हाईजम्प छात्रतर्फ बेनी आवाशिय उच्च मावीका दिपक श्रीस प्रथम, वेष्ट प्वाईन्टका केशन थजाली दितृय र मंगला उच्च मावि बाबियाचौरका रोशन बिक तितृय भएका छन् । यस्तै हाईजम्प छात्रातर्फ प्रकाश उच्च माविका सृजना बराईली प्रथम, वेष्ट प्वाईन्टका सन्ध्या भण्डारी दितृय र धनजनता मावि मुनाका बिपना भण्डारीले तितृय स्थान हाँसील गरेका छन ।
त्रिपल जम्पमा छात्रातर्फ रघुगंगा मावि पिप्लेका प्रविना शाही प्रथम, जामुनाखर्कका सम्झनाकुमारी खत्री दितृय र वेष्ट प्वाईन्टका ईन्दिरा केसी तृतिय भएका छन् । त्रिपल जम्पमकै छात्रतर्फ वेष्ट प्वाईन्टका सुरेश दर्जी प्रथम, वेनी आवासिय मावीका दिपक श्रीस दितृय र वुद्ध एकेडेमीका मनबहादुर थापा तितृय भएका छन् ।
सटफुट छात्रतर्फ वेष्ट प्वाईन्टका हर्कबहादुर रोका प्रथम, जनप्रिय उच्च माविका चित्र दर्जी दितृय र महेन्द्ररन्त उच्च मावि बरंजाका राजीव नेपालीले तितृय स्थान हाँसील गरेका छन् । सटफुट छात्रातर्फ भिम मावि राजदांगका मिना फगामी प्रथम, माउन्ट एभरेष्टका सरगम श्रेष्ठ दितृय र अर्जुन उच्च मावि भकुण्डेका अनीता बिक तितृय भएका छन् ।
यसैगरी छात्र भलिबलतर्फ महेन्द्ररत्न उच्च, गलेश्वर उच्च मावि, मंगला उच्च मावि र धनजनता मावि मुना तथा छात्रा भलिबलतर्फ मंगला उच्च मावि बाबियाचौर, न्यु वेष्ट प्वाईन्ट, महेन्द्ररत्न उच्च मावि र ताकम मावि ताकम सेमी फाईनलमा प्रवेश गरेका छन् ।
सितेरीया करातेको छात्रातर्फ ४० केजी तौल समूहमा माउन्टकी सोफीया खत्री, ४५ केजीमा न्यु होराईजनकी चन्दा शेरचन र ५० केजी समूहमा माउन्टकी प्रिती गर्बुजा बिजयी भएका छन् । करातेको छात्रतर्फ ४२ केजीमा वुद्ध एकेडेमीका दिवान पुन, ४७ केजीमा न्यु वेष्ट प्वाईन्टका प्रताप थापा र वुद्ध एकेडेमीका ५२ केजीमा देव पुन बिजयी भएका छन ।
माघ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।