विकल्प न्यूज /बेनी
म्याग्दी,माघ २८ गते ।
म्याग्दीको हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, ओखरबोटकी कमला पुन र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जितेका थिए । ‘ कास्य लिएर स्वदेश फर्कियो, यो जीवनकै खुसीको क्षण हो’ तारादेवी पुनले भनिन् ।
उनले काँस्य हुदै आगामी दिनमा देशका लागि थप पदक दिलाउन सक्रियतापुर्वक खेल्नेछु । यसपटक देशका लागि केही गरेर फर्किएकाछौ’ पुनले भनिन् ।
नेपालकी स्ट्रङगेस्ट वुमेनको उपमा पाएकी छन् । जिल्लामा जन्मिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा सहभागिता संगै उपाधी जितेको खवरले उत्साहित भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । ‘यो जिल्लाको खेलकुदका लागि सबैभन्दा सुखद् खवर हो । उहाँहरूलाई जिल्लाको खेलकुदको विकासमा समेत सहयोग माग्नेछौ’ विश्वकर्माले भने ।
उनले निकट भविस्यमै चारजना तथा सार्कमा सहभागिता भएकालाई भब्य स्वागतका विच सम्मान गरिने समेत बताए । खेलकुदको क्षेत्रमा म्यादी भलिबल, आर्चरी, पौडी लगाएतका खेलको सहभागिता अन्र्तराष्टियस्तरसम्म रहेको छ ।
आर्चरी र भलिबल ग्रामिण क्षेत्रमा निरन्तर खेल्ने गरिएकाले पनि खेलाडीले राष्टिय टिममा सहभागित जनाउने अवसर पाएका छन् । हरिकृष्ण गौतम