खेलकुद

नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान

राकेश शर्मा /बेनी म्याग्दी, ३ भदौ । नेपाल बिद्यार्थी संघ म्याग्दीले खेलाडीलाई सनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । राजधानी राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा खेल (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याप्पियन भन्न सफल भएका म्याग्दीका राज आचार्य र बङ्गलादेशको ढाकामा सम्पन्न भएको तेकवान्दो प्रतियोगितामा नेपालबाट सहभागी […]

रिखार कपको उपाधी घतान र अर्मनलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । म्याग्दीको बेनीमा सञ्चालित न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिताको पुरुषतर्फ घतान र महिलातर्फ अर्मन बिजयी भएका छन् । शनिबार सम्पन्न फाईनल खेलमा रघुगंगा गाउँपालीका ३ पिप्लेलाई पराजित गर्दै बेनपा ९ घतानले पुरुष भलिबलको उपाधि जितेको हो । रघुगंगा गाउँपालीका ७ चिमखोलालाई पराजित गर्दै […]

कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी भदौ ३ गते । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र अठार हजार रुपैया […]

बेनीमा रिखार कप भलिबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ भदौ । म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिता सुरु भएको छ । बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले खेलकुदको माध्यमबाट सद्भाव्, अनुशासन र सहकार्यको सन्देश […]

तेस्रो एभरग्रिन कपमा क्याम्पसचोक बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ साउन । बेनीमा शनिबार सम्पन्न तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड क्लब बिजयी भएको छ । फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोलले पराजीत गर्दै क्याम्पसचोकले उपाधी जितेको हो । क्याम्पसचोकको जितका लागि रवीन्द्र कुँवरले दुई गोल गरेका थिए भने माउन्टका बिजय […]

रिखार कपको तयारी तिव्र

विकल्प न्यूज/बेनी साउन २१ गते । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ ।महिला भलिबलतर्फ विजेता टिमले नगद […]

तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ साउन । बेनीमा मंगलबारदेखि खुल्ला तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, पोखरा, बागलुङ र म्याग्दीका ४२ समूहको सहभागीता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले खेलकुदको विकासका […]

वेष्ट पोइन्टमा अन्डर (U-5) फुटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी साउन ८ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्डर ५ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बार्षिक तालिका अनुसार कक्षा ५ भन्दा मुनिका छात्रको प्रतियोगिता साउन ७ गते सनिबार सम्पन्न भएको हो । साउन ५ गते देखि शुरु भएको प्रतियोगितामा ४ सदनका ८ टिम सहभागी थिए । नकाउटका आधारमा खेलाइएको प्रतियोगिताको फाईनलमा […]

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, […]

बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र […]

भानु कपको उपाधी वेष्ट पोईन्टलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी प्रतियोगिताको बिजेता […]

आठौ माउन्ट युरेस कपको उपाधी आयोजकको कब्जामा

सन्तोष गौतम/विकल्प न्यूज बेनी,पुस २९ गते । बेनीमा शुक्रबार सम्पन्न आठौ माउन्ट एभरेष्ट कप छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधिमा आयोजक विद्यालयले कब्जा जमाएको छ । माउन्ट एभरेष्ट आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताका छात्र, छात्रा तर्फको दुई वटै उपाधि आयोजक विद्यालयले जितेको हो । छात्रतर्फ गलेश्वर मावि तोरीपानी र छात्रातर्फ सर्वोदय मावि भुरुङ […]

माउन्ट पन्ध्रौ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ मंसिर । म्याग्दी जेसीजले आयोजना गरेको अन्तर विद्यालय स्तरीय पन्ध्रौ जेसीजकप फुटबल प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय मावि च्याम्पीयन बनेको छ ।गत वर्ष जेसीजकप कब्जा गरेको माउन्टले यसपाली सहित लगातार तेस्रो पटक च्याम्पीयन भएको हो । न्यु वेष्ट पाईन्ट र माउन्टबीच बिहीबार खुल्ला मञ्चमा भएको प्रतिस्पर्धाको निर्धारीत नब्बे मिनेटमा दुवै […]

बेनीमा भलिबल र कराँतेको क्षेत्रीय छनौट प्रतियोगिता हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने भलिबल र कराँतेका खेलाडीहरुको छनौट खेल बेनीमा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २६ देखि ३० सम्म भलिबल र कात्तिक २९ देखि मंसीर २ गतेसम्म कराँतेको छनौट प्रतियोगिता हुन […]

कालीपुल युनाईटेड कपको उपाधि आयोजकले जित्यो

सन्तोष गौतम म्याग्दी २१ असोज । बेनीमा शुक्रबार सम्पन्न दोस्रो कालीपुल युनाईटेड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । उत्साही समूह पर्वत बेनीलाई पेनाल्टी सुटआउटमा ६ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक कालीपुल युनाईटेड युवा कल्व बिजेता बनेको हो । ओपीआईलाई सेमीफाईनलमा शून्यका विरुद्ध १ गोलले पराजित गरेको उत्साही र कालीपुलबीचको खेलको निर्धारीत […]