बुद्ध एकेडेमीद्धारा खेलाडीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी
माघ १९ गते । DSC_0103बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । विद्यालयको तर्फबाट क्षेत्र र जिल्ला स्तरीय विभिन्न विधाका खेलकुदहरुमा भाग लिइ उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।

पर्वतको जलजला ३ पर्वत बेनीमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित फाइभ ए साइड फुटबल प्रतियोगितामा प्रथम र बेनी आवासीय विद्यालयको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको सातौ बेनी वोर्डिक रनिङ कपमा द्धितिय स्थान हासिल गर्न सफल भएको भन्दै विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । साथै विद्यालयले जेसिज कपमा उत्कृष्ट र अनुशासित खेल प्रदर्शन गरेको भन्दै सहभागि खेलाडीहरुलाई सम्मान गरिएको थियो ।  DSC_0129विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यालय सञ्चालक सदस्य मनप्रसाद थजाली,नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाई र अभिभावकहरुले खादा,फुल र अविरले खेलाडीलाई सम्मान गर्नुभएको थियो ।

साथै विद्यार्थीहरुलाई खेलकुद विधामा उत्कृष्ट बनाउ सफल भएको भन्दै कार्यक्रममा विद्यालयका खेल शिक्षक विकास केसीलाई पनि सम्मान गरिएको थियो । DSC_0108कार्यक्रममा विद्यालयका प्रवन्धक निर्देशक राजकुमार थापाले खेलकुद क्षेत्रको विकासका लागि आगमी दिनमा विद्यालयले भौतिक पूर्वाधारको विकासमा ध्यान दिने बताउनुभयो । उहाँले जिल्ला र क्षेत्रमा उत्कृष्ट खेल प्रस्तुत गरेर गरिमा वढाउने विद्यार्थीहरुलाई विद्यालयले सधै सम्मान गर्ने बताउनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभाको विकासमा विद्यालयले महत्व दिने उहाँको भनाई थियो । DSC_0113विद्यार्थीहरुलाई शिक्षाका साथै अतिरिक्त गतिविधिहरुमा पनि अव्बल बनाउन विद्यालयले कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शर्माले पठनपाठनका साथै विद्यालयले अतिरिक्त गतिविधिहरुमा पनि विद्यार्थीहरुलाई उत्कृष्ट बनाउनु पर्ने धाराणा व्यक्त गर्नुभयो ।
विद्यालयका सञ्चालक थजालीको अध्यक्षता,प्रवन्ध निर्देशक थापाको स्वागत र शिक्षक ध्रुवसागर शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।