बेनी बोडिङ्ग कपको उपाधी वेष्ट प्वाइन्टले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ माघ । DSC_0085अन्तर आधारभुत विद्यालय स्तरीय सातौ बेनी बोडीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताको लगातार तेस्रो पटक उपाधि जित्दै वेष्ट प्वाइन्टले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । DSC_0076बेनीको खुल्ला मञ्चमा मंगलबार दिउँसो भएको फाईनलमा वुद्ध एकेडेमी बगरफाँटलाई एकका विरुद्ध तिन गोलले पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि चुमेको हो । प्रतियोगिताका बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद सत्र हजार र दश हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।

DSC_0088बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, विद्यालयका प्रबन्ध निर्देशक सनम बानिया, प्रिन्सिपल पुस्कर कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए । DSC_0081प्रतियोगितामा ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका वेष्ट प्वाइन्टका मनिष श्रेष्ठले उत्कृष्ट स्टाईकरको पनि उपाधि जितेका छन् । वेष्ट प्वान्टका तेजन घर्ती उत्कृष्ट खेलाडी, वुद्धका देवस हुमेन उदयीमान खेलाडी, वुद्धका दिपेश मगर उत्कृष्ट मिडफिल्डर, वेष्ट प्वाइन्टका सञ्जन बराईली उत्कृष्ट गोलरक्षक र बेनी सामुदायिकका जोन तामाङले उत्कृष्ट डिफेन्डरको उपाधि प्राप्त गरे ।  DSC_0078महादेव मावि अनुशासीत टिम भएको छ । जुरेसका सभापति संक्षा श्रेष्ठको अध्यक्षता र शिक्षक प्रकाश आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर प्रमुख श्रेष्ठले खेलकुदमा जस्तै मानव जिवनमा पनि अनुशासनको उत्तीकै महत्व रहने बताउनुुभयो । सो अवसरमा बेनी बोर्डिङका पुर्व खेलाडीहरु सागर बरुवाल, शिव शेरचन र ईपेन तिलीजालाई सम्मान गरिएको थियो ।